ग्रेस इन्टरनेशनलको मूख्य प्रायोजनमा गल्फ प्रतियोगिता सम्पन्न

0
282

मेलवर्न। नेप्लिज एसोसीयसन अफ भिक्टोरियाले ११ औं बहुसांस्कृतिक गल्फ प्रतियोगिता सम्पन्न गरेको छ। बिगत एक दशकदेखि आयोजना गर्दै आएको गल्फ प्रतियोगिता गत मे १ मा सम्पन्न गरेको हो।

मोरल्याण्डका पूर्व काउन्सिलर ओस्करको प्रमुख आथित्व रहेको प्रतियोगितामा विभिन्न समुदायका मानिसहरुले सहभागिता जनाएका थिए। जसमा हार्वेस्ट गल्फरमा राज श्रेष्ठ, नियरेस्ट टु पिनमा शाक्य, लंगेस्ट ड्राइभमा किशोर राई, ग्रस विनरमा लबी पोला, ह्याण्डिक्याप विजेतामा शाक्य, ह्याण्डिक्याप दोस्रोमा ड्यान किङ्ग बो, ह्याण्डिक्याप तेस्रोमा नारायण गैरे र ह्याण्डीक्याप रोविङ्ग कपमा शाक्यले उपाधि हात पारेका थिए।

यारा बेन्ड पब्लिक गल्फ कोर्स मेल्बर्न फेयरफिल्डमा भएको प्रतियोगिताको व्यवस्थापन तथा संयोजन न्याभका सल्लाहकार एवम् वरिष्ठ सामुदायिक अगुवा जोग लिम्बु र न्याभका पूर्व अध्यक्ष बम योञ्जनले गरेका थिए।

ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजन र एमके रियल्टि रियल स्टेट प्लाटिनमको प्रायोजक रहेको प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रायोजक संस्था, संयोजक समिति, खेलाडी, स्वयंसेवक लगायत सम्पूर्ण व्यक्तित्वहरुप्रति न्याभका वर्तमान अध्यक्ष राम गुरुङले आभार व्यक्त गर्नुभयो।