“विदेश नै सेटल भएपनि आफ्नो मौलिक संस्कृतिलाई नभुल्नुहोला”

0
157

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, धापासी घर हुनुभएकी सरु धमलासंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो बहिनीले पठाइदिएकी हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
बहिनीले आफ्नो दिदीको लागि त्यति टाढाबाट सम्झेर उपहार पठाउँदा धेरै राम्रो अनि खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
बहिनी अष्ट्रेलिया गएको ७/८ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनी अष्ट्रेलियाको तास्मनियामा बस्छिन् ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
अष्ट्रेलिया गएपछि परिवारको साथै आफ्नो लागि पनि धेरै राम्रो हुन्छ। त्यहाँ गएर केहि वर्ष दु:ख गरेपनि पछि त्यहि अनुसारको सुख पनि पाइने गर्छ। मेरो बहिनी उता गएपछि उसको पढाई र भविष्य राम्रो हुँदै गएकोमा मलाई खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वको बेलामा मात्र होइन, उसको सम्झना मलाई सधैँ आउँछ। विशेष गरी तीजको बेलामा अरुको सबै दिदीबहिनी मिलेर रमाइलो गरेको देख्दा मलाई उसको याद धेरै आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
अष्ट्रेलियामा सेटल हुनु राम्रो पनि छ भने नराम्रो पनि छ। आफ्नो भविष्य हेर्दा उतै सेटल भएको राम्रो हुन्छ। विदेशमा परिवारको माया र साथ नपाइने हुँदा स्वदेश नै फर्किए हुन्थ्यो जस्तो पनि लाग्छ तर अहिलेको स्थिति हेर्दा चाहिँ अष्ट्रेलियाको पढाई सकेपछि बिस्तारै आफु सेटल हुँदै परिवारलाई पनि उतै सेटल गराउँदा राम्रो हुन्छ जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिलेसम्म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको बारे देखेको र सुनेको भरमा सबै राम्रो लाग्छ। नराम्रो भन्नको लागि केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
मैले अष्ट्रेलिया घुम्नको लागि जाने सोच बनाएको छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यी देशहरुमा सेटल हुने कि नहुने भन्ने सबैको आ-आफ्नो विचार हुन्छ। आफ्नो भविष्यलाई सोचेर उतै सेटल हुनु पनि राम्रो नै हो। नेपालमा व्यस्तता नभएका कारण एकअर्काको बारेमा धेरै चासो लिने बाहेक अरु केहि काम हुँदैन। त्यसकारण उता भएपछी काममा आफु धेरै व्यस्त भइने हुँदा एकअर्काको बारेमा सोच्ने समय पनि हुँदैन। विदेशमा सेटल भएपनि आफ्नो नेपाली संस्कृति र परम्परालाई कहिल्यै बिर्सनु हुँदैन।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सधैँ खुसी रहनु।