मेलवर्न। भिक्टोरियाको नेपाली समुदायका मानिसहरुका लागि न्याभको ‘कोभिड-१९ भ्याक्सिनेसन इन्करेजमेन्ट’ कार्यक्रम सम्पन्न भएको छ। अष्ट्रेलियाको विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुलाई खोप लगाउन प्रोत्साहित गर्ने उद्देश्यले भिक्टोरिया सरकारको सहयोगमा नेपाल एसोसिएसन अफ भिक्टोरियाले सो कार्यक्रम सम्पन्न गरेको हो।
अप्रिल ३० (शनिबार) मा कोभिड भ्याक्सिन अभियानको दोस्रो कार्यक्रम सम्पन्न भएको छ। ६ वर्षभन्दा माथिका ४ बालबालिकासहित करिब २५ जनाभन्दा बढीको सहभागितामा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको कार्यक्रमको संयोजक तथा न्याभका उपाध्यक्ष प्रेम राज उप्रेतीले जानकारी गराउनुभयो।
कार्यक्रममा संयोजक उप्रेतीले अभियानको उद्देश्यका बारेमा सहभागीहरुमाझ प्रकाश पार्नुभएको थियो। विभिन्न नेपाली संघसंस्थाहरूसँगको सहकार्यमा कोभिड–१९ खोप प्रोत्साहन कार्यक्रममा सहभागीहरुलाई सीएनएसका अध्यक्ष लालप्रसाद कंडेलले स्वागत गर्नुभएको थियो। कार्यक्रमको मूख्य सेसन कोभिड भ्याक्सिनलाई डा संदेश पन्तले संचालन गर्नुभएको थियो।
कोभिड -१९ विरुद्धको खोप लगाउन प्रेरित गर्ने र जोखिममा परेका मानिसहरूलाई सुरक्षित बनाउने भन्ने बारेमा VMC सल्लाहकार डा.राजु अधिकारी र सहायक प्रोफेसर RMIT ले खोप प्रोत्साहन सत्र प्रस्तुत भएको थियो। त्यसैगरी, न्याभका कोषाध्यक्ष डा.याकिन्द्र तिमिल्सेनाले कार्यक्रम भब्य र सब्य रुपमा सफल बनाउन उपस्थित हुने सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिँदै कार्यक्रमले सहभागीहरुलाई सहयोग पुग्ने आशा व्यक्त गर्नुभएको थियो।