“बुढेसकाल लागेका आमाबुवालाई बिर्सिएर विदेश सेटल हुनु राम्रो होइन”

0
174

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, सानेपा घर हुनुभएकी सन्ध्या तण्डुकारसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो छोरीले उपहार पठाइदिएकी हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो छोरीले दु:ख गरेर कमाएको पैसाले आमाबुवालाई खुसी पार्नको लागि त्यति टाढाबाट उपहार पठाउँदा धेरै खुसी अनि राम्रो लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
छोरी अष्ट्रेलिया गएको ११/१२ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उ अष्ट्रेलियाको कुन ठाउँमा बस्छ भन्ने चाहिँ मलाई थाहा भएन।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
सबैको आमाबाबुलाई आफ्नो छोराछोरी आफुसंग नै भएको राम्रो लाग्छ तर यसो भन्दैमा उनीहरुको जिन्दगीको लागि पनि सोच्नु पर्ने हुन्छ। त्यसकारण उनी आफ्नो भविष्यको लागि राम्रो ठाउँमा गएर प्रगति गरेको देख्दा धेरै खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वको बेलामा अरुको आमाबुवा आफ्नो छोराछोरीसँग रमाएको देख्दा मलाई मेरो छोरीको धेरै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मेरो विचारमा त नेपाल नै फर्किए हुन्थ्यो जस्तो लाग्छ। आफ्नो आमाबुवा भन्दा ठुलो केहि हुँदैन। हामीले कति दु:ख मेहेनत गरेर उनीहरुलाई ठाउँमा पुराएको हुन्छौँ। आफुले केहि पैसा कमायो भन्दैमा नेपालमा भएका बुढा आमाबुवालाई बिर्सिएर उतै सेटल हुनु राम्रो होइन जस्तो लाग्छ। त्यहाँ आफ्नो पढाई पुरा गरी पछि आफ्नै देशमा फर्केर आफुमा भएको सीपलाई सदुपयोग गर्दा राम्रो हुन्छ जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
मलाई त्यहाँको हावापानी, सरसफाई, पढाई जस्ता धेरै कुरा राम्रो लाग्छ। त्यहाँ बढी स्वतन्त्रता भएका कारण नेपाली युवायुवती बिग्रने गर्छन्, त्यसैले यो कुरा मलाई नराम्रो लाग्छ।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
आफु नेपाली भएर जन्मिए पछि यी देशहरुमा गएर आफ्नो सेटल हुनु नराम्रो कुरा हो जस्तो लाग्छ। विदेशमा गएपनि त्यहाँ आफुले सिकेको सिपलाई आफ्नै देशमा ल्याएर उतार्नु ठिक हो तर देश र परिवारलाई बिर्सिएर बस्नु मुर्खता जस्तै हो। आफ्नो भविष्य राम्रो बनाउनको लागि जता बसेपनि दु:ख नै गर्नुपर्ने हुन्छ भन्दैमा अरुको देशमा गएर दु:ख गर्नु भन्दा बरु आफ्नै देशमा गरेको दु:खले भविष्यमा आफुलाई धेरै सुख मिल्ने गर्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो उद्देश्य पुरा गर्नु।