अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु

0
187

 सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

आइतबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ हजार ३ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ६ सय ४ जना अस्पतालमा उपचाररत छन् भने ७५ जना आइ.सी.यु मा छन्।