अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले नवलपरासी, कावासोती घर हुनुभएकी कमला पराजुलीसंग कुराकानी गरेका छौं।
अष्ट्रेलियाबाट हजुरलाई कसले उपहार पठाइदिनुभएको ?
अष्ट्रेलियाबाट मलाई मेरो छोराले उपहार पठाइदिएको हो।
उपहार पाउँदा कस्तो लाग्यो ?
आमाको मुख हेर्ने दिनको अवसर परेर त्यति टाढाबाट आमालाई सम्झेर मेरो छोराले सानो भएपनि उपहार पठाउँदा धेरै खुसी लागेको छ।
हजुरको छोरा/छोरी विदेश जानुभएको कति भयो ?
उ अष्ट्रेलिया गएको १५ वर्ष भयो।
यसरी छोराछोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
पहिला सुरुसुरुमा धेरै दु:ख लाग्थ्यो। अहिले त उ गएको पनि धेरै भयो, भिडियो कलमा पनि दिनदिनै कुरा हुने हुँदा ठिकै लाग्छ।
उहाँको कुन कुरा बढी याद आउँछ ?
आमालाई आफ्नो छोराछोरीको सम्झना बढी घटी भन्ने हुँदैन। उसको बच्चादेखिको सबै कुराको सम्झना आउने गर्छ।
घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
घरमा खानेकुरा पाक्दा मात्र होइन, आफ्नो परिवारको एउटा सदस्य टाढा हुँदा सबै कुरामा सम्झना आउँछ।
चाडपर्वमा उहाँको कत्तिको सम्झना आउँछ ?
हामी परिवार सबै संगै हुन्छौं, उ अरुको देशमा चाडपर्वको बेलामा पनि काममा जानु पर्छ। चाडपर्वको बेलामा बढी सम्झना आउँछ।
उहाँ नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै घर बनाएर बसे पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
उसले घर नै बनाएर अष्ट्रेलिया बसेको छ। आफ्नो भविष्य राम्रो देखेर उतै घर बनाएर बसेको हुँदा हामीले केहि भन्न नै मिल्दैन। उसको भविष्य उतै बस्दा राम्रो हुन्छ भने उतै नै सेटल हुनु ठिक लाग्छ।
हजुर आफ्नो छोरा/छोरी बसेको ठाउँमा जानुभएको छ ?
म अहिले सम्म अष्ट्रेलिया गएको छैन।
त्यहाँको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अष्ट्रेलिया नगएको हुँदा मलाई के राम्रो के नराम्रो भन्ने खासै थाहा छैन।
छोरा-छोरीलाई केही भन्न चाहनुहुन्छ कि ?
आफु उतै सेटल भए भनेर परिवारको माया कहिल्यै नमार्नु।