“आमाको माया : भविष्यको लागि अष्ट्रेलिया नै सेटल भएपनि समय समयमा नेपाल आउनु”

0
139

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले गुल्मी घर हुनुभएकी लक्ष्मी भण्डारीसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट हजुरलाई कसले उपहार पठाइदिनुभएको ?
अष्ट्रेलियाबाट मलाई मेरो छोरीले उपहार पठाइदिएकी हो।

उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो छोराछोरीले सानो भएनी आमालाई सम्झेर उपहार पठाउँदा धेरै खुसी लागेको छ।

हजुरको छोरा/छोरी विदेश जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएको ७/८ वर्ष भयो।

यसरी छोराछोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
उनीहरुको पनि परिवारसंग टाढा हुनु रहर होइन बाध्यता हो। नेपालमा राम्रो पढाई, रोजगार र काम अनुसारको आम्दानी हुन्थ्यो भने प्राय सबै प्रदेशीहरु आफ्नो आमाबुवाको काखमै बसेर आफ्नो भविष्य बनाउन पाउँथे होला। आफ्नो छोरीबाट टाढा बस्नुपर्दा नरमाइलो लाग्छ नि !

उहाँको कुन कुरा बढी याद आउँछ ?
बिहान उठेर सबै घर सफा गरेर खाना बनाएको, मलाई सन्चो नहुँदा मेरो हेरचाह गरेको जस्ता धेरै कुराको सम्झना आउँछ।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
यो त्यो भन्ने नै हुँदैन नि आफ्नो छोराछोरी टाढा हुँदा जे पाकेनी जे खाए पनि सम्झना त सधैँ आउँछ।

चाडपर्वमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वहरुमा मात्र होइन, आफ्नो टाढा भएको छोराछोरीको अरु बेला पनि धेरै सम्झना आउँछ।

उहाँ नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै घर बनाएर बसे पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
नेपाल बस्ने भनेर नेपाल मै बस्ने पनि होइन, उता सेटल भयो भनेर नेपाल नफर्किने पनि होइन। नेपालमा केहि रोजगार व्यवसाय नभएका कारण नेपाल बसेर पनि केहि फाइदा छैन। आफ्नो भविष्यको लागि भएपनि ४/५ वर्षमा एकचोटी नेपाल फर्किने गरेर उतै सेटल भएको राम्रो लाग्छ।

हजुर आफ्नो छोरा/छोरी बसेको ठाउँमा जानुभएको छ ?
म अष्ट्रेलिया गएको छु।

त्यहाँको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको बारे मलाई सबै राम्रो लाग्छ। नराम्रो भन्नलाई केहि छैन।

छोरा-छोरीलाई केही भन्न चाहनुहुन्छ कि ?
सधैँ आफ्नो स्वास्थ्यको ख्याल राख्नु।