“आफ्नो इच्छा पुरा गर्न अष्ट्रेलिया गएको छोराको प्रगतिमा आमाबुवा खुसी”

0
203

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले गोर्खा घर हुनुभएकी सकुन्तला देवकोटासंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट हजुरलाई कसले उपहार पठाइदिनुभएको ?
अष्ट्रेलियाबाट मलाई मेरो छोराले पठाईदिएको हो।

उपहार पाउँदा कस्तो लाग्यो ?
उसले कति दु:ख गरि कमाएको पैसाले आमालाई सम्झेर पठाएको उपहार पाउँदा धेरै राम्रो लागेको छ।

हजुरको छोरा/छोरी विदेश जानुभएको कति भयो ?
उ अष्ट्रेलिया गएको २ महिना भयो।

यसरी छोराछोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
आफ्नो जन्मदिने आमाबुवासंग टाडिएर बस्नु पनि सबैको बाध्यता हुन्छ। आफुबाट धेरै टाढा आफ्नो छोराछोरी हुँदा नराम्रो त लाग्छ। हामीसंग सधैँ संगै बसेर पनि उसको भविष्य राम्रो हुँदैन। छोरा राम्रो देशमा गएको हुँदा र आफ्नो भविष्य राम्रो बनाउन अघि बढेको हुँदा हामीहरुलाई पनि राम्रो अनि खुसी लाग्छ।

उहाँको कुन कुरा बढी याद आउँछ ?
मेरो छोरा धेरै सहयोगीपनको थियो। घरमा केहि समान सकेछ भनि पनि आफैँ पसल जान्थ्यो। अहिले उ हामीबाट धेरै टाढा भएका कारण उसको हरेक बानीको सम्झना आउँछ।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
आमालाई आफ्नो सन्तानको घरमा केहि मिठो पाक्दा वा हामी परिवार भएर कहिले काहिँ संगै बसेर खाना खादैं रमाइलो गर्दा उ पनि संगै भएको भए भन्ने जस्तो हुन्छ। सबै बसेर रमाइलो गर्दाको पलमा धेरै मिस हुने गर्छ।

चाडपर्वमा उहाँको कत्तिको सम्झना आउँछ ?
एउटा आमालाई आफ्नो सन्तानको सम्झना दिनदिनै आउँछ। विशेष चाडपर्वमा अझै बढी आउने गर्छ।

उहाँ नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै घर बनाएर बसे पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
मेरो छोरा पढ्नको लागि अष्ट्रेलिया गएको हो। उसको सानै देखिको इच्छा पनि थियो अष्ट्रेलिया जाने अहिले आफैँले दु:ख गरेर आफ्नो इच्छा पुरा गरेको छ। अष्ट्रेलियाको आफ्नो पढाई सकेर केहि पैसा कमाएर आफु घुमेर स्वदेश मै फर्किए हुन्थ्यो जस्तो लाग्छ।

हजुर आफ्नो छोरा/छोरी बसेको ठाउँमा जानुभएको छ ?
म अष्ट्रेलिया गएको छैन।

त्यहाँको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको बारे मलाई धेरै अनुभव नभएको हुँदा त्यहाँ के राम्रो के नराम्रो भन्ने थाहा भएन।

छोरा-छोरीलाई केही भन्न चाहनुहुन्छ कि ?
पढ्न गएको हुँदा राम्रो संग पढ्नु। आफ्नो सपना पुरा गर्नु।