“अष्ट्रेलियामा छोराको करियर निर्माण हुँदा, आमा खुसी”

0
154

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, बानेश्वोर घर हुनुभएकी राधिका बज्राचार्य संग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो छोराले पठाईदिएको हो।

उपहार पाउँदा कस्तो लाग्यो ?
टाढा भएको छोराले आमाको मुख हेर्ने दिनको अवसर पारेर आफु आउन नपाएपनि उपहार सम्झेर पठाएको हुँदा धेरै राम्रो अनि खुसी लागेको छ।

हजुरको छोरा/छोरी विदेश जानुभएको कति भयो ?
छोरा अष्ट्रेलिया गएको ५ महिना भयो।

यसरी छोराछोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
आफ्नो सन्तानबाट टाडिनु पर्दा सबैको आमाबुवालाई नराम्रो लाग्छ नि। हामीहरुले उनीहरुको पनि भविष्य हेर्नु पर्छ। नेपालमा भन्दा अष्ट्रेलियामा भविष्य राम्रो भएको हुँदा छोरा हामीबाट टाढा भएपनि खुसी नै छौ।

उहाँको कुन कुरा बढी याद आउँछ ?
पहिला नेपालमा हुँदा घरको काम गर्न मलाई सहयोग गर्ने गर्थ्यो। आफु साथीहरुसंग घुम्न जान पर्यो भने सोधेर मात्र हिड्ने गर्थ्यो। मलाई त उसको सबै एकएक कुराको सम्झना आउँछ।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
खानेकुराहरु उसले प्राय सबै मन पराउन्थ्यो। यो खान्छु त्यो खान्छु भन्ने केहि थिएन। घरमा सबै परिवार बसेर खाना खादा उसको बढी सम्झना आउने गर्छ।

चाडपर्वमा उहाँको कत्तिको सम्झना आउँछ ?
सम्झना त दिनदिनै आउँछ। विशेष चाडपर्वको बेलामा धेरै आउँछ।

उहाँ नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै घर बनाएर बसे पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
उ अब आफ्नो खुट्टामा आफैँ उभिएको छ। उसले आफ्नो पढाई सक्नको लागि नै अष्ट्रेलिया गएको हो। आफ्नो भविष्य कसरी अघि लैजाने भनेर आफैँले सोचेको छ। आफ्नो भविष्यको लागि जता बस्दा राम्रो हुन्छ जस्तो लाग्छ, उतै सेटल भएको ठिक लाग्छ।

हजुर आफ्नो छोरा/छोरी बसेको ठाउँमा जानुभएको छ ?
म अहिलेसम्म गएको छैन।

त्यहाँको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अष्ट्रेलिया नगएको हुँदा के राम्रो के नराम्रो भन्ने बारेमा मलाई केहि अनुभव छैन।

छोरा-छोरीलाई केही भन्न चाहनुहुन्छ कि ?
सकेसम्म आफ्नो पढाई सकेर स्वदेशमै फर्किनु।