“भविष्यको लागि विदेशीएका छोरासंग चाडपर्वमा भिडियो कल गरेर चित्त बुझाउदै”

0
136

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले हेटौडा घर हुनुभएकी सरस्वती पर्जासँग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट हजुरलाई कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो छोरा बुहारीले उपहार पठाईदिएका हुन्।

उपहार पाउँदा कस्तो लाग्यो ?
मलाई खुसी पार्नको लागि सात समुन्द्र पारीबाट सम्झेर उपहार पठाउँदा धेरै खुसी लागेको छ।

हजुरको छोरा/छोरी विदेश जानुभएको कति भयो ?
उनीहरु अष्ट्रेलिया गएको ३/४ वर्ष भयो।

यसरी छोराछोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
आफ्नो सन्तानलाई सधैँ आफुसंग राख्छु भनेर पनि नहुने रहेछ। कुन आमाबुवालाई आफ्नो सन्तानलाई आफुबाट टाढा पठाउन मन लाग्छ होला र ! उनीहरुको भविष्यको लागि भए पनि बाध्यताले पठाउनै पर्ने हुँदा दु:ख लाग्छ।

उहाँको कुन कुरा बढी याद आउँछ ?
परिवार मिलेर कतै घुम्न जादा, सबै परिवार संगै बसेर रमाइलो गर्दा धेरै सम्झना आउँछ। मेरो छोराले मलाई घरमा पनि धेरै सहयोग गर्थ्यो। अहिले म विरामी भएको बेलामा मलाई काम गर्न गाह्रो हुँदा उसको बढी सम्झना आउने गर्छ।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
माछामासु पाक्दा, घरमा केहि सराद वा पुजाहरु हुँदा धेरै सम्झना आउँछ।

चाडपर्वमा उहाँको कत्तिको सम्झना आउँछ ?
आमालाई आफ्नो सन्तानको सम्झना चाडपर्वमा मात्र होइन सधैँ सम्झना आउँछ। नजिक भएको भए चाडपर्वको बेलामा एक दुई दिनको लागि बोलाउन हुन्थ्यो, धेरै टाढा भएको हुँदा भिडियो कल गरेर चित्त बुजाउने गर्छु।

उहाँ नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै घर बनाएर बसे पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
आफ्नो देश छोडेर अरुको देशमा सेटल हुनु ठिक हो जस्तो मलाई लाग्दैन। हाम्रो उमेर हुँदा सम्म उतै बसेर आफ्नो भविष्य राम्रो बनाउने र कमाउने गर्ने पछि बुढेसकालमा चाहिँ नेपाल नै आए हाम्रो लागि धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ।

हजुर आफ्नो छोरा/छोरी बसेको ठाउँमा जानुभएको छ ?
म अष्ट्रेलिया गएको छैन।

त्यहाँको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको बारे सामाजिक संजालमा हेर्दा त राम्रो देखिन्छ। नराम्रो भन्नलाई केहि छैन।

छोरा-छोरीलाई केही भन्न चाहनुहुन्छ कि ?
सधैँ भरि सुख शान्ति होस्। दु:ख कहिलै नपरोस्।