“आफ्नो सपना पुरा गर्नको लागि अष्ट्रेलिया नै सेटल भएको राम्रो”

0
186

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले दमक घर हुनुभएको नरेन्द्र कटुवालसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो छोरीले पठाईदिएकी हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफुले दु:ख गरेर कमाएको पैसाले आफ्नो दु:ख नहेरेर परिवारको खुसी हेरी त्यति टाढाबाट उपहार पठाउँदा धेरै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
छोरी अष्ट्रेलिया गएको ३ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको कुन ठाउँमा बस्छ मलाई थाहा भएन।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
अरुको अघि मेरो छोरी अष्ट्रेलिया गएको छ भन्न पाउँदा धेरै खुसी लाग्छ। उसले भने जस्तो पढाई नेपालमा नभएका कारण उ आफैले दु:ख गरेर आफ्नो पढाई राम्रो गराउन गएकी हुँदा म धेरै खुसी छु।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
विशेष चाडपर्वमा झन् आफ्नो छोरीको सम्झना नआउने भन्ने कुरा नै हुँदैन। धेरै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उतै सेटल भएर बसेको राम्रो लाग्छ। नेपालमा आएर आफ्नो भविष्य निर्माण बाटो खासै केहि देख्दिन्। आफु बल्ल तल्ल राम्रो ठाउँमा पुगेको हुँदा उतै सेटल भएर आफ्नो भविष्य राम्रो बनाएको ठिक लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिले सम्म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
आफु गएको भए यो राम्रो नराम्रो भन्ने थाहा हुन्थ्यो, अहिले सम्म नगएको हुँदा के राम्रो नराम्रो भन्ने थाहा छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ?
म अष्ट्रेलिया घुम्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो देश आफ्नो परिवार मात्र भनेर पनि हुँदैन, आफ्नो भविष्य पनि हेर्नु पर्छ। नेपालमा राम्रो रोजगार र आम्दानीका साथै आफ्नो भविष्य निर्माण गर्ने बाटो कतै नभएको हुँदा अष्ट्रेलिया नै सेटल हुँदा राम्रो हुन्छ जस्तो लाग्छ। आफ्नो सपना पुरा गर्नको लागि आफु कति मेहेनत गरेर त्यो ठाउँ सम्म पुगेको हुन्छ, त्यसलाई पुरा गर्नको लागि भएपनि उतै बस्नु ठिक लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
कोभिड १९ अझै पनि राम्रोसँग नहटेको कारणले आफु सुरक्षित रहनु होला।