“घरमा मिठो मसिनो पाक्दा छोराको धेरै सम्झना आउने रहेछ”

0
220

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल” एउटा सजिलो र भरपर्दो माध्यम बन्दै आइरहेको छ। अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउँदा नेपालमा रहनु भएको आफन्तलाई कस्तो महसुस हुन्छ? अष्ट्रेलियामा भएका आफन्तका बारेमा उहाँहरुको धारणा कस्तो छ? जस्ता विषयमा हिमालयन कंगारूले केक टु नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, मकल्बारी घर हुनुभएकी जुनु तामाङ्गसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट हजुरलाई कसले उपहार पठाइदिनुभएको ?
अष्ट्रेलियाबाट मलाई मेरो छोराले पठाईदिएको हो।

उपहार पाउँदा कस्तो लाग्यो ?
आमाको मुख हेर्ने दिनको अवसरमा आफु टाढा भएर पनि आमालाई सम्झेर सानो उपहार पठाउँदा धेरै खुसी लागेको छ।

हजुरको छोरा/छोरी विदेश जानुभएको कति भयो ?
उ अष्ट्रेलिया गएको ४/५ वर्ष भयो।

यसरी छोराछोरीसंग टाढा बस्नुपर्दा हजुरलाई कस्तो लाग्छ ?
सुरुसुरुमा धेरै दु:ख लाग्थ्यो। हामी बुढो भएको कारणले पनि छोराछोरीलाई परदेश पठाउनै पर्ने रहेछ। राम्रो ठाउँमा गएको हुँदा र उसको भविष्य पनि राम्रो भएको हुँदा खुसी लाग्छ।

उहाँको कुन कुरा बढी याद आउँछ ?
नेपालमा हुँदा कतै साथीहरुसँग घुम्न जाँदा पनि सोधेर जानी गर्थ्यो। आफ्नो सन्तानलाई सधैँ आफुसँगै साथमा राख्न नमिल्ने रहेछ। अरु छोराहरु पनि भएको भए उनीहरुलाई हेरेर भएनी खुसी हुन्थे होला। मेरो एउटा मात्र छोरा भएको हुँदा उसको हर कुराको सम्झना आउँछ।

घरमा कुन खानेकुरा पाक्दा उहाँलाई बढी सम्झनुहुन्छ ?
घरमा मिठो मसिनो पकाउँदा छोरा पनि साथमै भए हुन्थ्यो जस्तो लाग्छ। उसलाई धेरै मन पर्ने खान बनाएको बेलामा एकदम सम्झना आउँछ।

चाडपर्वमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वहरुमा मात्र होइन आफ्नो सन्तान आफुबाट धेरै टाढा भएको हुँदा सधैँ सम्झना आउँछ।

उहाँ नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै घर बनाएर बसे पनि राम्रो हुन्छ भन्ने लाग्छ ?
मेरो छोराले अझै आफ्नो पढाई सकेको छैन। पहिला उसको पढाई सक्नुपर्छ। पढाई सकिसकेपछि दुई चार पैसा कमाएर आफु घुमेर स्वदेशमा नै फर्किए हुन्थ्यो जस्तो लाग्छ।

हजुर आफ्नो छोरा/छोरी बसेको ठाउँमा जानुभएको छ ?
म अष्ट्रेलिया गएको छु।

जानुभएको भए : छोरा-छोरी बसेको ठाउँ कस्तो लाग्यो ?
मलाई त्यहाँको घुम्ने ठाउँ र समुन्द्रहरु मन पर्यो। अरु त खासै केहि पनि देखिन। जति नै विकशित र राम्रो ठाउँमा गएपनि आफ्नो देश नै प्यारो लाग्ने रहेछ।

छोरा-छोरीलाई केही भन्न चाहनुहुन्छ कि ?
सधैँ आफु सु-स्वस्थ रहनुहोला। घरपरिवारको पिरचिन्ता केहि नलिनुहोला।