“पढाईको साथै दुई चार पैसा कमाएर स्वदेश मै फर्किएको राम्रो”

0
126

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ घर हुनुभएको सफल दाहालसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट दाईले उपहार पठाइदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आमाको जन्मदिनको अवसर पारेर पठाएको हुँदा खुसी अनि राम्रो लाग्छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
दाई अष्ट्रेलिया जानुभएको ३/४ महिना भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ अष्ट्रेलियाको मेलवर्नमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो दाई राम्रो देशमा गएको हुँदा खुसी लाग्छ। उहाँको एउटा इच्छा पनि थियो अष्ट्रेलिया जाने अहिले इच्छा पनि पुरा भएको र उहाँको भविष्य पनि राम्रो हुँदै गएकोमा खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो दाई बिना चाडपर्वहरु पनि सबै खल्लो लाग्ने रहेछ। धेरै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
विशेष गरि मेरो दाई आफ्नो पढाई पुरा गर्न र भविष्य राम्रो बनाउन जानुभएको हो। आफ्नो भविष्य राम्रो नहुने सम्म उतै बसेको ठिक लाग्छ। उताको पढाई सकेपछि दुई चार पैसा कमाएर स्वदेश मै फर्किएको राम्रो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिले सम्म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अहिले सम्म अष्ट्रेलिया नगएको हुँदा के राम्रो के नराम्रो भन्ने केहि थाहा छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यी देशहरुमा सेटल हुने कि नहुने भन्ने आ-आफ्नो इच्छा हो। सबैजनाले आफ्नो भविष्यको लागि राम्रो नै सोचेर अघि बढिरहेका हुन्छन्। नेपालको अवस्था पनि एकदमै नाजुक भएका कारण स्वदेशमा भन्दा विदेशमै सेटल भएको राम्रो लाग्छ। जता बसेपनि उहाँहरुको भविष्य राम्रो होस्।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सधैँ सुरक्षित भएर काम गर्नु होला।