सुदूरपश्चिमेली गायक चक्र बम ‘विशु’ पर्व मनाउन मेलबर्नमा

0
297
'विशु' पर्व
'विशु' पर्व

अष्ट्रेलिया। सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ मनाइने मौलिक संस्कृति ‘विशु’ पर्व कार्यक्रमको आयोजना मेलवर्नमा हुने भएको छ। जसलाई भव्यरुपमा सफल पार्नका लागि सुदूरपश्चिमेली गायक चक्र बम मेलवर्नमा आएका छन्। नेपाली समाज भिक्टोरीयाको आयोजनामा बाजुरासहित यस कार्यक्रमका लागि उनी मेलबोर्न आएका हुन्।

कोभीड १९ को भ्याक्सिन सम्बन्धि जानकारी एवम् स्वयंसेवक अभिनन्दनको कार्यक्रम पनि रहेको छ। पछिल्लो समयमा वैशाख सुरु भएसँगै कोभिड १९ का कारण महामारी र अनिकाल भएको छ। हरेक वर्षको अन्तिम दिन वर्षलाई बिदाई गरिन्छ र वर्षको पहिलो सुरुको दिनलाई स्वागत गरेर विशु पर्व मनाउने गरिन्छ। ‘मरुला भनेर बिशु खानु, बाँचे भनेर वल्के खानु’ भन्ने भनाइले सुदूरपश्चिममा मनाइने मौलिक पर्वको विशेषता झल्काउने भएकाले विशु पर्व वैशाख संक्रान्तिमा मनाइदै आएको मान्यता रहेको छ। यसैकारण वैशाख सुरु भएसँगै रोगव्याधि, महामारी र अनिकालको समय सुरु हुने भएकाले परिवारका सदस्यसँगै बसेर मिठो मसिनो पकाएर खाने, रमाइलो गर्ने र परिवारसँग वर्षभरि बितेका कुराहरुलाई सम्झना गर्ने भएकोले यस पर्वलाई परिवारिक जमघटको रुपमा पनि लिन सकिन्छ।

यहि आउँदो शनिबार अपरान्ह साढे चार बजेबाट मेलवर्नको इस्टोनियन हाउसमा नेपाली समाज भिक्टोरीयाको आयोजना मार्फत मौलिक संस्कृति ‘विशु’ पर्व हुन लागेको हो। यो पर्व विशेष गरि सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा मनाइने गरिन्छ। परम्परागत रुपमा मनाउने गरिएको यो पर्वको छुट्टै विशेषता रहेको छ।