मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ११ हजार ८३ जना नयाँ संक्रमित थपिएका छन्। शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २० हजार ६ सय ८४ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा ७ जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल ५४ हजार १ सय ५० जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ४ सय २८ जनाको अस्पतालमा उपचार भइरहेको छ।