“परिवारबाट धेरै टाढा भएर अन्य देशहरुमा गई सेटल हुनु ठिक होइन”

0
197

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, बालाखु चोक घर हुनुभएको नबिन शाहसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई दिदीले पठाइदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
दिदीले त्यति टाढाबाट आमाको जन्मदिन पारेर उपहार पठाइदिनुभएको हुँदा धेरै रमाइलो लागेको छ ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया गएको ५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ अष्ट्रेलियाको सिड्नी ठाउँमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
राम्रो ठाउँ र राम्रो देशमा जानुभएको हुँदा धेरै राम्रो अनि खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाद्पर्वाहरुमा मात्र होइन सधैँ सम्झना आउँछ। विशेष गरि तिहारको बेला सबैको दिदीभाई जम्मा भएको देख्दा धेरै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मेरो दिदी सेटल भईसक्नु भयो, त्यसैले हामीले केहि भन्न मिल्दैन। जहाँ बसेपनि उहाँको भविष्य राम्रो हुनु पर्यो, त्यसैमा नै हाम्री खुसि हुन्छौ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
मलाई त्यहाँको सरसफाई, पढाई राम्रो लाग्छ। राम्रो केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
म अर्को वर्ष घुम्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
सबैभन्दा पहिला पैसा र भविष्य नै हेर्नुपर्ने रहेछ। यी देशमा गएर सेटल हुनु एकतिरबाट हेर्दा राम्रो छ भने अर्कोतिरबाट हेर्दा नराम्रो पनि छ। पैसा र भविष्यको लागि राम्रो हुने हुँदा उतै सेटल भएको राम्रो लाग्छ। परिवारबाट धेरै टाढा भएर अन्य देशहरुमा गएर सेटल हुनु ठिक लाग्दैन। नेपाली भएपछी आफ्नो पसिना अरुको देशमा बगाउन भन्दा आफ्नै देशमा परिवारको साथमा बसेर बगाउनु जस्तो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
धेरै राम्रो गर्दै जानु।