“स्वदेशमा आफ्नो मेहेनत अनुसारको कमाई नहुने हुँदा, नेपालीहरु विदेशिनु बाध्य”

0
355

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, ढुंगेधारा घर हुनुभएको नवरत्न मानन्धरसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट उपहार ठुलोबाबाले पठाइदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
अष्ट्रेलियाबाट ठुलोबाबाले हामीलाई सम्झेर पठाइदिनुभएको हुँदा धेरै खुसी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको ६ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ अष्ट्रेलियाको क्याट्रीना ठाउँमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो साथसाथै आफ्नो परिवारको पनि भविष्य राम्रो बनाउने सोचले जानुभएको हुँदा धेरै खुसी अनि राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो आफन्तीको सम्झना त चाडपर्वमा मात्र होइन सधैँ आउँछ। इन्टरनेटको सुविधाले गर्दा पनि दिनदिनै कुरा हुने गर्छ, त्यसैले खासै मिस भएको महसुस हुँदैन।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उनीहरु आफ्नो भविष्यको लागि सोचेर उतै बस्न लागेका छन्। नेपालको अवस्था पनि यस्तै छ, आएर पछि के गर्ने भन्ने दोधारमा पनि पर्ने हुँदा उतै सेटल भएको राम्रो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
त्यहाँको वातावरण, नितिनियम, सरसफाई, ट्राफिक नियम जस्ता धेरै कुरा राम्रो लाग्छ। नराम्रो भन्नलाई त्यस्तो केहि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालमा एक त रोजगार पाउने गाह्रो हुन्छ। यदि रोजगार पाईहालेपनि काम गरेअनुसारको राम्रो आम्दानी हुँदैन। नेपालमा काम अनुसारको राम्रो आम्दानी नभएका कारण मानिसहरु विदेशिनु बाध्य हुन्छन्। नेपालमा भन्दा अन्य देशहरुमा दु:ख अनुसारको आम्दानी हुने हुँदा प्राय नेपालीहरु विदेशिनु गर्छन्। आफु जता बसे पनि आफ्नो मेहेनत अनुसारको नै फल पाइने हो। त्यसैले मलाई जता सेटल भएपनि राम्रो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सधैँ राम्रो गर्दै जानु, सुखी रहनु।