सिड्नीमा Righton Finance बाट लोनहरुको सेवा उपलब्ध गराउदै : दीपक

0
334

Righton Finance – Mortgage & Loan Services एउटा यस्तो व्यवसाय हो, जसले अष्ट्रेलियाबाट आफ्नो यात्रा सुरु गरेको छ। मानिसलाई चाहना हुन्छ ,धनि बन्ने र सम्पत्तीको कारोबार गर्ने , यसै मध्यको एक हो यो संस्था। अष्ट्रेलियामामा बसोबास गर्नेहरुलाई सहजताका लागि लोन दिने, लगानी गर्ने तथा अन्य commercial loan , business loan सम्बन्धी यसले काम गर्छ। तपाई अष्ट्रेलियामामा रहेर घर किन्ने तथा यस्तै आवश्यकताहरु छन् भने अब सेवा लिन सक्नुहुनेछ।

तपाईको सहजताको लागी आज हामीले Righton Finance – Mortgage & Loan Services का सञ्चालक दीपक अर्यालसंग कुराकानी गरेका छौं ।

तपाइले व्यवसाय सुरु गर्दा कसरी गर्नु भयो ?
म सुरुदेखि नै सम्पत्ति लगानीप्रति अलिक धेरै नै लगाब भएको हुँदा यो सम्बन्धि जान्न र बुझ्न चाहन्थे। यो व्यवसायको बारेमा विभिन्न कुराहरु जान्न धेरै उत्सुक पनि हुने गर्थे। यसै क्रममा यसको सकरात्मक र नकरात्मक पक्षहरु थाहा पाउनको लागि करिब दुइ वर्षसम्म पार्ट टायम काम गरे अनि बिस्तारै पुरै समय नै यसमै बिताउन लागे। साथै यहि कामबाट मानिसहरुलाई सहयोग गर्दै गर्दा धेरै मानिसहरु सन्तुष्टि भएको थाहा पाए। यसरी आफ्नो कामबाट सम्पूर्णमा सन्तुष्टि पैदा हुन्छ र आफ्नो कामले कसैलाई सहयोग हुन्छ भन्ने किन नगर्ने भन्ने जस्तो सोच आयो अनि मैले कोभिडको लहर केहि कम भएको समयपछि २०२० को अन्तिमतिर आफ्नै व्यवसाय Righton Finance – Mortgage & Loan Services संचालन गरेको हो।

यो व्यवसायबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म यो व्यवसायबाट एकदम सन्तुष्ट छु। किनकी व्यवसाय के कस्तो छ भनेर, त्यसलाई जाँचबुझ गर्न अथवा सुरुमै हात हालेर पछि पछुताउनु भन्दा सानो स्केलबाट सुरु गरेर चित्त बुझेर संचालन गरेको हुँदा अहिले म व्यवसायलाई लिएर धेरै खुसी छु।

तपाइको व्यवसायले दिने सेवाहरु के-के हुन् ?
हामीले अष्ट्रेलियामा भर्खरै पी.आर पाएर बस्नु भएकाहरुले पहिलो पटक घर किन्न खोज्नेहरुलाई, अन्त कतैबाट लगानी सम्पत्ति किन्ने, व्यापारिक तथा व्यवसायिक लगानी, स्व; व्यवस्थापन सुपर कोषहरु लगायत वित्तसम्बन्धि लोनहरुको सेवा उपलब्ध गराउछौं। कसैलाई घर किन्न परेमा त्यसको लागि लोनहरु मिलाइदिने जस्ता सहयोग गर्दछौं।

यदि ‘Mortgage Finance’ सम्बन्धी सुविधा लिनु पर्यो भने तपाइलाई कसरी सम्पर्क गर्ने ?
हाम्रो अफिस सिड्नीको ब्ल्याकटाउनमा रहेको छ। यहाँ लगभग दुइ वर्षदेखि व्यवसाय संचालन गर्दै आएको छु। प्रत्यक्ष रुपमा अफिसमा आएर हामीसंग सहयोग लिन पनि सक्नु हुन्छ। अर्को भनेको मेरो नम्बर 0286643227 बाट फोन गरेर पनि आउन सक्नु हुन्छ अथवा हजुरलाई आवश्यक परेको खण्डमा हामीलाई [email protected] यसमार्फत इ-मेल गरेर पनि सम्पर्कमा आउन सक्नु हुन्छ।

तपाइको विचारमा जागिर सहज कि व्यवसाय सहज ?
धेरै राम्रो प्रश्न गर्नु भयो। यो जागिर सहज कि व्यवसाय सहज भन्ने बारेमा आ-आफ्नो ठाउँमा दुवैलाई हेर्दा राम्रो अनि नराम्रो पाटोहरु छन्। जागिर जस्तो र जसले पनि गर्न सक्छ भने व्यवसाय सबैको लागि बनेको हुँदैन। किनकी व्यवसायमा आफ्नो लगानीको साथै तनाव पनि त्यति नै हुने गर्छ। व्यवसायको तुलनामा जागिर गर्दा कसैको दवाबमा काम गर्दा केहि तनाब भएतापनि व्यवसाय कसरी गर्ने, कुन तरिकाले गर्दा राम्रो हुन्छ भन्ने जस्ता कुराहरुको तनाब अलिक बढी हुने गर्छ। यी कुराहरुलाई हेर्दा चाहिँ जागिर नै गर्नु ठिक हो जस्तो लाग्छ। आफुमा कुनै सिपहरु छ र आफ्नो हिसाबले कसैलाई सहयोग तथा केहि कामको लागी सहज बनाउनुका साथै कसैको दवाबमा रहेर काम गर्नु छैन भन्ने मनसाय छ भने चाहिँ व्यवसाय गर्दा धेरै राम्रो हुन्छ।

आगामी दिनहरुमा व्यवसायलाई कसरी अगाडी बढाउने योजना बनाउनु भएको छ ?
आगामी दिनहरुमा यो व्यवसायलाई अझै उच्च स्थानमा लैजाने हिसाबले कर्मचारीहरु थप्ने काम भइरहेको छ। हाम्रो व्यवसायलाई सिड्नी मात्रै होइन कि अष्ट्रेलियाको जुनसुकै ठाउँहरुमा पनि उपलब्ध गराउने सोच बनाईरहेको छौं। कर्मचारीहरु धेरै बनाएर कामहरुलाई फिजाएर गर्न लगाउने र मानिसहरुले जे खोज्छन्, त्यसको सुविधा समयमा नै पाउने तरिका अबलम्बन गर्ने सोच बनाएका छौं।

तपाई व्यवसाय बाहेक के गर्नुहुन्छ ? समयको म्यानेज गर्न कतिको सहज हुन्छ ?
यो व्यवसाय बाहेक अरु केहि गर्दिन। त्यहि हो अफिसको समयमा काम रहे पनि खाली समयमा आफ्नो परिवारसंग समय बिताउने गर्छु। मेरा दुइ जना छोरीहरु छन् उनीहरुलाई स्कुल पुर्याउछु र छुट्टीको समयमा उनीहरुसंग विभिन्न ठाउँहरु घुम्ने र रमाउने गर्छु। मेरो विचारमा समयको म्यानेज कसरी गर्ने भन्दा पनि कुन समय आफुले कुनमा सदुपयोग गर्छ भन्ने र कसरी मिलाउछ भन्नेमा भर पर्छ जस्तो लाग्छ। काम गर्ने समयमा ध्यान दिएर समयमै पुरा गर्ने हो भने समय मिलाउन खासै गाह्रो हुन्छ जस्तो मलाई लाग्दैन।

अन्त्यमा मैले सोध्न बिर्सेको र तपाईले आफ्नो ग्राहकलाई भन्न मन लागेको केहि छ कि ?
मेरो ग्राहकहरुलाई म के भन्न चाहन्छु भने, यदि तपाईहरुले ऋण लिँदै अथवा यससम्बन्धी सुविधा लिँदै हुनुहुन्छ भने खाली ब्याज कति हो भनेर मात्र ध्यान नदिनु कि त्यो बाहेक अरु के कुराहरुमा आफ्नो लगानीलाई बचत गर्न सकिन्छ भन्ने कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ जस्तो लाग्छ।