“परिवारबाट टाडा भइ विदेशिनु रहर होइन बाध्यता”

0
681

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, बुद्दबोट तिनचुली घर हुनुभएकी मुना लामासंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो छोराबुहारीले पठाईदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मलाई त यसरी अष्ट्रेलियाबाट उपहार आउँदै छ भन्ने पनि थाहा थिएन। एक्कै चोटी घरमा सरप्राईज स्वरुप आउँदा धेरै खुसी अनि राम्रो लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनीहरु अष्ट्रेलिया गएको ७/८ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनीहरु अष्ट्रेलियाको गोल्डकोस्ट ठाउँमा बस्छन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उनीहरु अष्ट्रेलिया गएकोमा राम्रो पनि लाग्छ नराम्रो पनि लाग्छ। हामी परिवारबाट धेरै टाढा हुने हुँदा नराम्रो लाग्छ भने आफ्नो भविष्य राम्रो बनाउन र भविष्य पनि राम्रो हुँदै गएकोमा राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वहरुमा मात्र होइन अरु बेलामा पनि धेरै सम्झना आउँछ। मेरो छोराबुहारीलाई धेरै मिस गरेको हुन्छु।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उनीहरु अष्ट्रेलिया गएको पनि धेरै नै भएको छ। उनीहरुले नेपालमा भन्दा धेरै अष्ट्रेलियामा बसेर पैसा कमाएको हुँदा नेपालमा बसेर केहि गर्न सक्दैन। उनीहरुलाई सधैँ हामी परिवारसँग बसेर पनि हुँदैन। आफ्नो भविष्य पनि हेर्नु पर्ने हुँदा उतै सेटल भएको राम्रो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अष्ट्रेलिया अहिलेसम्म नगएको हुँदा त्यहाँको बारे राम्रो नराम्रो केहि थाहा छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
म अष्ट्रेलिया घुम्न जाने सोच बनाएको छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरु यी देशमा गएर सेटल भएर बसेको पनि नराम्रो होइन। नेपालको वातवारण र सेवासुविधा नराम्रो हुने हुँदा आफ्नो बालबालिकाको भविष्यको लागि पनि विदेशिनु पर्छ। अन्य देशहरुमा गएर पनि दु:ख नै गर्नु पर्छ। परिवारबाट टाडिनु कसैलाई पनि रहर हुँदैन। सबैभन्दा पहिला आफ्नो भविष्य नै हेर्नु पर्ने हुँदा घरपरिवारबाट टाढा जानुपर्छ। अष्ट्रेलिया बस्नेलाई उतै ठिक लाग्छ भने नेपाल बस्नेलाई नेपाल नै ठिक लाग्छ। जता बसेपनि आफ्नो गाउँ ठाउँलाई कहिल्यै नबिर्सनु। जता बस्न आफ्नो इच्छा लाग्छ उतै आफु सुरक्षित रहेर बस्नुहोला।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
राम्रोसँग बस्नु, पढ्नु। के को उद्देश्यको लागि जानु भएको छ त्यो पुरा गर्नु।