अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु

0
193

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मंगलबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप ९ हजार ८ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ६ सय ९५ जना अस्पतालमा उपचाररत छन् भने ६७ जना आइ.सी.यु मा छन्।