अष्ट्रेलियाको भिक्टोरियामा थप ९ हजार २ सय ६५ जना कोरोना संक्रमण पुष्टि

0
218

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ९ हजार २ सय ६५ जना नयाँ संक्रमित थपिएका छन्। मंगलबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १० हजार ७ सय ६३ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा १५ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ५२ हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ४ सय ५५ जनाको अस्पतालमा उपचार भइरहेको छ।