अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले ललितपुर घर हुनुभएको सन्देश परियारसंग कुराकानी गरेका छौं
अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मलाई अष्ट्रेलियाबाट मेरो दिदिले पठाइदिनुभएको हो।
यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
दिदीले आफ्नो परिवारलाई सम्झेर त्यति टाढाबाट उपहार पठाइदिनुभएकोमा धेरै राम्रो र खुसि लागेको छ।
उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको ४ वर्ष भयो।
उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
दिदी अष्ट्रेलियाको सिड्नीमा बस्नुहुन्छ।
उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
दिदीले आफ्नो पढाई सकेर पनि अहिले काम गर्दै हुनुहुन्छ। उहाँको अहिले आम्दानी पनि धेरै नै राम्रो छ। दिदीको पनि भविष्य राम्रो बन्दै गएको हुँदा हामी सबै परिवार एकदमै खुसी लागेको छ।
चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
नेपालमा हुँदा दिनरात झगडा गर्ने, लड्ने, कतै जना परे सँगै जाने, केहि खानिकुरा भए आधाआधा खाने मान्छे अहिले म बाट धेरै टाढा हुनुहुन्छ। चाडपर्वहरुमा मात्र नभई सधैँ धेरै सम्झना आउँछ।
नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो दिदीसँग सधैँ सँगै बस्न पाए त राम्रो हुन्थ्यो। नेपालमा भन्दा दिदीको अष्ट्रेलियामा बसेर भविष्य राम्रो भएको कारण उतै सेटल भएको पनि राम्रो लाग्छ। आफ्नो भविष्यको लागि उतै सेटल भएपनि आफ्नो घरपरिवारलाई नबिर्सिनु होला। आफुलाई हानी नहुने गरि समय मिलाएर भेट्नको लागि नेपाल आउनु होला।
तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छैन।
अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अष्ट्रेलियाको राम्रो भनेको नेपालीहरुले त्यहाँ गएर राम्रो शिक्षा पाएका छन्, उनीहरुको दु:ख अनुसारको आम्दानी पाएका छन्। अष्ट्रेलियाको बारेमा नराम्रो भन्नलाई केहि छैन।
नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरु यी देशमा गएर सेटल हुनु राम्रो पक्ष पनि छ भने नराम्रो पक्ष पनि छ। नेपालको अवस्था हेर्दा उतै सबै परिवारसँग सेटल भएको राम्रो लाग्छ। नेपाली भईसकेपछि अरुको देशमा गएर सेटल हुनु नराम्रो पनि लाग्छ। नेपालको अवस्था भनेको एकदमै नाजुक छ। नेपालमा बसेर दु:ख गर्यो भने आफ्नो जीवनभरलाई राम्रोसँग बसेर खान पुग्दैन। आफ्नो भविष्यको साथै आफ्नो परिवारको पनि अवस्था हेर्ने पर्ने हुँदा विदेशमै सेटल हुनु राम्रो लाग्छ। आ-आफ्नो सोच विचार हुनाले जता सेटल भएपनि सधैँ खुसी रहनुहोला।
अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सबैजना राम्रोसँग बस्नुहोला। कोभिडको माहामारी अझै पनि राम्रोसँग नसकिएको हुँदा आफु सुरक्षित रहनुहोला।