“अहिले नेपालीहरुको ठुलो गन्तव्य बनेको छ : अष्ट्रेलिया”

0
188

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौँ, बासिकोट घर हुनुभएको विकाश श्रेष्ठसंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मलाई अष्ट्रेलियाबाट मेरो छोरीले उपहार पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
आफ्नो छोरीले बुवाआमा र आफ्नो परिवार सम्झेर उपहार पठाएको हुँदा धेरै खुसी लाग्छ नि।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएको ५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उनी अष्ट्रेलियाको मेलवर्नमा बस्छिन्।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उनी आफ्नो खुसीले पढाईको साथै आफ्नो राम्रो भविष्य बनाउन गएकी हुन्। उनलाई हामीले दु:ख गर्न पठाएको होइन। अष्ट्रेलियामा बसेर उनको खुसी र उनको करियर राम्रो हुन्छ भने हामी त्यसैमा खुसी हुन्छौ। उनी आफ्नो खुसीले गएको हुँदा हामी सबैलाई राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
अहिले इन्टरनेटको सुविधा भएका कारण दिनदिनै भिडियो कलमा कुरा हुन्छ। भिडियो कलमा कुरा भएपनि साथमै भए जस्तो त हुदैन। सम्झना त धेरै आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
नेपालमा भन्दा अष्ट्रेलियाको पढाई राम्रो हुनाले अष्ट्रेलिया पढ्न जाने हो। अष्ट्रेलियाको पढाई सकेर फेरी नेपालमा आएर केहि गर्छु भन्नलाई गरेर खानी जस्तो केहि पनि छैन। आफ्नो मेहेनत अनुसारको फल जता मिठो हुन्छ उतै सेटल भएको ठिक लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया अहिलेसम्म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
त्यहाको वातावरण, हावापानी, पढाई, सरकारले दिने सेवासुविधा सबै राम्रो लाग्छ। नराम्रो भन्नलाई केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
म अष्ट्रेलिया घुम्नको लागि जाने सोचमा छु।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
अष्ट्रेलिया अहिले नेपालीहरुको ठुलो गन्तव्य भनेको छ। अष्ट्रेलिया वा अन्य देशहरुमा आफ्नो दु:ख अनुसारको कमाई पनि छ। आफ्नो दु:ख अनुसारको फल पाइयो भने आफुले दु:ख गरेको पनि बिर्सिन्छ। नेपालमा काम गर्दा १ महिनामा कमाएको पैसाले १ महिना खान पुग्दैन भने यी देशहरुमा १ महिना कमाएको पैसाले आफ्नो खर्च टारी घरमा पठाउँन पनि पुग्छ। नेपाल पनि राम्रो देश हो। १ जना नेपालीले मात्र नेपालमा केहि गर्छु भनेर हुदैन। सबै नेपाली नागरिकहरुले मिलेर केहि गर्न सके भने धेरै जनाले आफ्नै देशमा बसेर आफ्नो करियर बनाउन्थे। नेपालमा केहि कुराको पनि राम्रो विकशित नभएका कारण यी देशहरुमा गएर सेटल हुनेलाई नराम्रो भन्न मिल्दैन।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
अष्ट्रेलियामा रहनुभएका आफन्त, साथीभाईहरु सबैलाई मिठो सम्झना।