मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका ८ हजार १ सय २० जना नयाँ संक्रमित थपिएका छन्। शनिबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा १४ हजार ६ सय ४२ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा १३ जना संक्रमितले ज्यान गुमाएका छन्।
भिक्टोरियामा हाल ५४ हजार २ सय ६६ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ४ सय ४९ जनाको अस्पतालमा उपचार भइरहेको छ।