चितवनका धिराजको अष्ट्रेलियामा निधन, शव नेपाल ल्याउन सहयोग कोष स्थापना

0
396

अष्ट्रेलिया। उच्च शिक्षा अध्ययनका लागि चितवन जिल्लाको भरतपुर घर भै अष्ट्रेलियामा पढ्न गएका नेपाली विद्यार्थी धिराज रानाभाटको निधन भएकोले शव नेपाल ल्याउन सहयोग कोष स्थापना गरिएको छ ।

उनको शव १९ अप्रिल २०२२ को दिन आफू बस्ने भवनको ग्यारेजमा भेटिएको थियो । । ‘असामाहिक निधनबाट स्तब्ध घर परिवार र मृतकको शव नेपालसम्म पुर्याउन हामीले कोष खडा गरेका हौँ’ कोषका संस्थापक सबिन बस्नेतले भनेका छन् । त्यस्तै सहयोग रकम देभेन्द्र काफ्ले ( मृतकको नजिकको आफन्त ) को बैंक खातामा सिधैँ जाने उहाँको भनाइ छ। काफ्ले ले नै परिवारसम्म मृतकको शव र संकलन भएको रकम हस्तान्तरण गर्ने बताईएकाे छ ।

करिब २० हजार अस्ट्रेलियन डलर उठाउने लक्ष्य राखेको यस कोषमा यो समाचार तयार पार्दासम्म ८ हजार ३ सय २० डलर ( $8,320 ) जम्मा भैईसकेको छ । एक नेपाली विद्यार्थीको असमाहिक निधनको दु:खद घडिमा उनको आत्माको शान्तिको कामना गर्दै दुखमा रहेकाे परिवार प्रती हार्दिक समवेदना प्रकट गरिएकाे छ ।