“नेपालको पढाई विदेशमा गएर सदुप्रयोग गर्नु राम्रो होइन”

0
247

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले शंखारपुर घर हुनुभएको कान्छा प्रसाद तिवारीसंग कुराकानी गरेका छौं

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो छोरीले पठाईदिएकी हुन्।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
हामी कसैलाई पनि छोरीले उपहार पठाएकी छ भन्नि थाहा थिएन। उसको ममीको जन्मदिनको अवसर पारेर सरप्राईज पठाएको हुँदा धेरै नै खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएको ५ वर्ष भयो ।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको कुन ठाउँमा बस्छिन् मलाई ठ्याकै याद चाहिँ आएन।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो पढाई सक्न गएकी हुन्। अहिले आफ्नो पढाई सकेर पनि जागिर गर्दै छिन्। आफ्नो खर्च कटाएर पनि दुई चार पैसा भएनी घरमा पठाई रहेकी हुन्छिन्। आफ्नो छोरी आफ्नै खुट्टामा उभिन सकेकी हुँदा धेरै खुसी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
पहिला हाम्रो पालाको जमना जस्तो अहिले छैन। दिनदिनै भिडियो कल हुने हुँदा खासै धेरै सम्झना आउँदैन।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मेरो भनाईमा त नेपाल मै फर्किए हुन्थ्यो जस्तो लाग्छ। सधैँ अरुको देशमा बस्ने होइन। नेपालको पढाई राम्रो नहुनाले पढ्न जानी हो। आफ्नो पढाई सकेपछि केहि वर्ष उतै काम गरेर बाकी जीवन आफ्नै देशमा बिताउनु पर्छ जस्तो लाग्छ। सकेसम्म आफ्नै देश गाउँ ठाउँमा फर्किनु होला। उनीहरुको आफ्नो आफ्नो सोचविचार र इच्छा हुनाले जता सुखमय हुन्छ उतै बसेको पनि राम्रो हो।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ? अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ? केका लागि अष्ट्रेलियामा जान चाहनुहुन्छ ? ( पढ्न/ घुम्न/ काम गर्न)
अष्ट्रेलिया जनाको लागि धेरै कोसिस गरे तर कोभिडका कारण जान पाएको छैन। म अबको २/३ महिनामा अष्ट्रेलिया घुम्नको लागि जाने सोच बनाएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
मलाई अष्ट्रेलियाको वातावरण, बस्ने ठाउँ राम्रो लाग्छ। नराम्रो भन्ने त्यस्तो केहि सुनेको छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
नेपालीहरु आफ्नो देश छोडेर यी देशहरुमा गएर सेटल हुनु मलाई कत्ति पनि मन पर्दैन। नेपालमा सानै देखि पढेर पछि ठुलो हुँदा त्यो ज्ञानलाई विदेशमा गएर सदुप्रयोग गर्नु राम्रो होइन। अष्ट्रेलिया या अन्य देशहरुमा गएर सिकेको सीपलाई आफ्नो देशमा भित्र्याउन सिक्नुपर्छ। यसरी आफुले सिकेको सीपलाई नेपालमा ल्याएर सदुप्रयोग गर्दा आफ्नो देशमा केहि कुराको विकाश हुन्छ, भने धेरैले रोजगार पाउने अवसर पनि हुन्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
पैसा मात्र भनेर नहिड्नु आफ्नो शरीरको पनि ख्याल राख्नु।