ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो भन्ने भावनाका साथ सेवा प्रदान गर्दै : सबिन अधिकारी

0
1052

हिमालयन कंगारू डटकम अन्तर्गत आज हामीले अष्ट्रेलियामा रहेर आफ्नो मेहनत, परिश्रमको साथै आफुमा भएको ज्ञान बाड्दै ‘Yatra The Connection’ संग सम्बन्धित रहेर ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो भन्ने भावनाका साथ सेवा गर्दै आउनु भएका सबिन अधिकारीसंग कुराकानी गरेका छौं।

तपाइले व्यवसाय सुरु गर्दा कसरी गर्नु भयो ?
म २०१६ मा अष्ट्रेलियाको हो। यहाँ आएपछि ट्राभल एजेन्सीमै काम गरेको थिए। लगभग त्यसमा रहेर मैले ३ वर्ष जति काम गरेको थिए। यसरी काम गर्दा गर्दै बिचमा कोभिडको लहरको कारण यतिकै काम नगरी बसे र पछि मैले २०२० को Nov मा चाहिँ आफैंले व्यवसाय सुरु गरेको हो।

यो व्यवसायबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
आफुले यसरी दु:ख गरेर संचालन गरेको व्यवसायबाट अवश्य नै सन्तुष्टि भईहाल्छ नि ! आफुले चाहेको काम स्वतन्त्र रुपमा गर्न पाउँदा खुसीको महसुस हुने रहेछ।

तपाइको व्यवसायले दिने सेवाहरु के-के हुन् ?
हाम्रो व्यवसायले विश्वको विभिन्न देशहरुमा जानको लागि टिकट सेवा उपलब्ध गराउनुको साथै टुर प्याकेजहरु र होटेल बुकिङ्गदेखि लिएर हरेक कुराहरुको सेवा दिने गर्छौं।

यदि ‘ट्राभल एजेन्सी’ सम्बन्धी सुविधा लिनु पर्यो भने तपाइलाई कसरी सम्पर्क गर्ने ?
हाम्रो व्यवसायको फेसबुक पेजबाट र मेरो आफ्नै मोबाइल नम्बर 1300528991 बाट सम्पर्क गर्न सक्नु हुन्छ। तपाइले ट्राभलसम्बन्धी जानकारी लिनु परेमा हाम्रो वेबसाइटबाट लिन सक्नु हुन्छ। जसको लागि https://www.yatratheconnection.com/ रहेको छ।

तपाइको विचारमा जागिर सहज कि व्यवसाय सहज ?
मेरो विचारमा अष्ट्रेलिया जस्तो ठाउँमा रहँदा व्यवसाय नै गर्न ठिक हो जस्तो लाग्छ। आफ्नो लगाव के मा छ त्यसमा पनि भर पर्ने गर्छ। कसैलाई जागिर नै गर्ने मन हुन्छ भने कसैलाई व्यवसाय गरेर केहि गरु भन्ने भावना हुन्छ। एउटा निश्चित समयभित्र मात्र काम गर्ने अथवा जागिर खाने र पछि चाहिँ आफ्नै पेसालाई अंगाल्दा ठिक हुन्छ जस्तो लाग्छ।

आगामी दिनहरुमा व्यवसायलाई कसरी अगाडी बढाउने योजना बनाउनु भएको छ ?
आगामी दिनहरुमा अझै मेहनत गरी व्यवसायको वेवसाइटलाई अलिक राम्रो बनाएर अनलाइन सिस्टम मार्फत जाने योजना बनाएका छौँ। अहिले गरिरहेको भन्दा पछि पछि केहि हदसम्म सहज हुँदै पनि जाने गर्छ, त्यसैले अझै राम्रो तरिकाले बढाउने सोचेका छौँ।

तपाई व्यवसाय बाहेक के गर्नुहुन्छ ? समयको म्यानेज गर्न कतिको सहज हुन्छ ?
मैले यो व्यवसाय बाहेक अरु कुनै व्यवसायमा हात हालेको छैन त्यसैले नै पुरा समय यसमै व्यतित गरेको हुँदा समयको म्यानेज गर्न खासै गाह्रो हुँदैन।

अन्त्यमा मैले सोध्न बिर्सेको र तपाईले आफ्नो ग्राहकलाई भन्न मन लागेको केहि छ कि ?
हामीले अष्ट्रेलियामा आफ्नो हकबाट राम्रो सेवा प्रदान गर्दै आउन खोजेका हौँ। ‘ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो’ भन्ने हेतुले हामीले व्यवसाय संचालन गरेका छौँ, त्यसैले हामीलाई सेवा गर्ने मौका दिनु होला। धन्यवाद !