“नेपालमा केहि गर्ने अवसर नहुनाले, विदेशमै बसेर आफ्नो करियर बनाएको राम्रो”

0
475

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले काठमाडौं, नारायनथान घर हुनुभएकी रेनु रिजालसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो नन्दले पठाइदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
अष्ट्रेलियाबाट नानीले आफुले दु:ख गरेर कमाएको पैसाले आफ्नो परिवारलाई खुसी पार्नको लागि त्यति टाढाबाट सम्झेर उपहार पठाईदिनुभएकोमा हामी परिवार सबैलाई धेरै खुसी लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको ५ वर्ष भयो।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
हामीले त नजानु भनेका थियौ। घरको समस्याले पेलेर दु:ख गर्न मात्र जानुभएको भए हामीलाई पनि पिर हुन्थ्यो दु:ख गर्न जानु भएको दु:ख भयो होला भन्ने लाग्थ्यो। उहाँले आफ्नो पढाईको साथै आफ्नो करियर बनाउनको लागि आफ्नो खुसीले जानु भएको हुँदा हामीहरुलाई पनि खुसी नै लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
पहिला साथमा सधै वरिपरि हुने मान्छे अहिले टाढा हुँदा त चाडपर्वमा मात्र नभई सधै सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई त अष्ट्रेलिया या अन्य देशहरुमा गएर सेटल भएको राम्रो लाग्छ। नेपालमा खासै केहि नहुनाले विदेशमै बसेर आफ्नो करियर बनाएको ठिक लाग्छ। विदेशमा सेटल भए भन्दैमा आफ्नो जन्मदेश, जन्मघर, परिवार कोहीलाई बिर्सनु भएन। आफु सेटल भएपछी मिलेसम्म परिवारलाई पनि उतै सेटल गराउनि नभए ४/५ वर्षमा १ चोटी भएनी भेट्न आउनुपर्छ जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
त्यहाँ सरकारले दिने सेवासुविधाहरु, पढाई राम्रो लाग्छ। नराम्रो भन्नलाई त्यस्तो केहि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो देश जस्तो भएपनि जन्मभूमि भएकोले धेरै नै प्यारो लाग्छ। यी देशहरुमा बच्चाबच्चीहरु देखि बुढाबुढीहरु सम्म राम्रो सेवा सुबिधा पाइन्छ। आफ्नो देशको माया त धेरै लाग्छ नि तर नेपालमा केहि गरेर खाम भन्ने जस्तो केहि नहुँदा विदेशिनु पनि बाध्य नै हो। नेपालमा केहि सुबिधा नहुने, वातावरण पनि पुरै फोहोर हुने हुँदा बाच्न पनि निकै गाह्रो हुन्छ। विदेशहरुमा गएर सेटल भयो भने आफ्नो करियरको साथै आफ्नो बाबुनानिको पनि भविष्य राम्रो बनाउन सकिन्छ। अरुको कुरा सुन्नुभन्दा पहिला चाहे नेपाल होस् या अन्य देश आफ्नो करियर जता बन्छ उतै सेटल हुनु ठिक लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सबै नेपाली दिदीबहिनी दाजुभाईहरुलाई धेरै माया अनि सम्झना।