अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले कुमारकटि घर हुनुभएको सुस्मिता बज्राचार्यसंग कुराकानी गरेका छौं
अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मलाई मेरो साथीले पठाइदिएकि हुन्।
यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
जो कोहीको पनि भाग्यमा मिल्ने साथी हुदैनन्। मेरो साथीले मलाई आफ्नै सम्झेर त्यति टाढाबाट उपहार पठाउँदा खुसि लागेको छ।
उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उनी अष्ट्रेलिया गएकी ३ वर्ष भईन।
उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको कुन ठाउँमा बस्छिन् भन्ने चाही मलाई थाहा भएन।
उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
साथी अष्ट्रेलिया गएकोमा राम्रो पनि लाग्छ नराम्रो पनि लाग्छ। घरमा आमाबुवा बुढो हुनु भयो भनेर घरको पनि जिम्मेवारी बोकेर र आफ्नो करियर बनाउन गएको हुँदा राम्रो लाग्छ। नेपालमा हुँदा उनको एक्लै कतै पनि हिड्ने बानी थिएन। अहिले अरुको देशमा एक्लै हुँदा उसलाई धेरै दु:ख भएको होला भनेर नराम्रो लाग्छ।
चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वहरुमा भन्दा धेरै त कलेज बाट या हामी साथी साथी भएर घुम्न गएको बेलामा धेरै सम्झना आउँछ। उ पनि संगै भएको भए कती रमाइलो हुन्थ्यो होला जस्तो लाग्छ।
नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो मान्छेलाई त आफ्नै देशमा, आफ्नै गाउँघरमा संगै बसे हुन्थ्यो जस्तो लाग्छ। घरको जिम्मेवारीको झोला बोकेपछि बाध्यताले पनि विदेशिनु पर्ने रहेछ। सधैँ परिवारसंग बस्छु भनेर पनि नहुने रहेछ। जता बस्दा उसको करियर राम्रो र उसलाई सुख हुन्छ उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ।
तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिलेसम्म अष्ट्रेलिया गएको छैन।
अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
अरुले भनेको सुन्दा त सबै राम्रो लाग्छ। म नगएको हुँदा मलाई के राम्रो के नराम्रो भन्ने खासै अनुभव छैन।
नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
यी देशहरुमा गएर सेटल हुनु पनि राम्रो नै हो। सधैँ परिवारको साथमा बसेर रमाउछु भनेर पनि हुन्न। सबैभन्दा पहिला आफ्नो घरको समस्या र आफ्नो करियर हेर्नु पर्छ। नेपालमा पनि मेहेनत अनुसारको फल पाइने भए आफ्नै देशमा केहि गरेर बस्थे होला। अष्ट्रेलिया या अन्य देशहरुमा गएपछि आफ्नो मेहेनत अनुसारको फल पाइने हुँदा र नेपालमा भन्दा बढी सेवा सुविधा हुने हुँदा उतै सेटल भएको राम्रो लाग्छ।
अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो राम्रोसंग ख्याल गर्नु।