सिड्नीमा शनिबार राती दुई समूहबीच झडप हुँदा एकजना युवकको मृत्यु

0
371

अष्ट्रेलिया। सिड्नीमा शनिबार राती दुई समूहबीच झडप हुँदा गम्भिर घाइते भएका एक युवाकको निधन भएको छ। सिड्नीमा रहेको डार्लिङ्हर्सट होटलको सुरक्षाकर्मीले एक व्यक्तिलाई बाहिर निकालेपछि दुई समूहबीच झडप हुँदा २३ वर्षीय इभान्डर टुआलाको टाउकोमा गम्भीर चोट लागेको थियो।

उपचारका लागि सेन्टभिन्सेन्ट अस्पतालमा लगिएका उनको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको घातक प्रहारको आरोपमा भने अहिलेसम्म कसैलाई पनि पक्राउ गरेर अभियोग लगाइएको छैन। पहिले एकअर्कालाई नचिनेका युवाको दुई समूहबीच झगडा भएको अनुमानसहित थप अनुसन्धान भईरहेको छ भने घटनाबारे छानविन गर्न सर्वसाधारणलाई भिडियो फुटेजको लागि प्रहरीले अपिल गर्दै अनुसन्धानमा सहयोग गर्न आह्वान गरेको छ।