अष्ट्रेलियामा रूपन्देहि सामाजिक संजालले उल्लासका साथ मनायो नयाँ वर्ष

0
512

सिड्नी। रुपन्देहीबाट अष्ट्रेलिया आएर बसोबास गरिरहेका नेपालीहरुले नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेका छन्। ‘रूपन्देहि सामाजिक संजाल’ को आयोजनामा गत आइतबार भब्यताका साथ सम्पन्न गरिएको हो। विभिन्न सामाजिक संघ संस्था अगुवा लिडर पत्रकार सामाजिक अभियन्ता, पत्रकार लगायत २०० भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको कार्यक्रम सिड्नीको केंड्रिक पार्क टेम्पेमा सम्पन्न भएको हो।

अहिलेसम्म रूपन्देहि सामाजिक संजालले आयोजना गरेको कार्यक्रममा उपस्थिती नरहेको मन्त्री मार्क कोर को यसपाली नयाँ वर्ष २०७९ विशेष कार्यक्रममा उपस्थिती रहेको हुँदा कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई हर्षित तुल्याउन आफु सक्षम रहेको रूपन्देहि सामाजिक संजालको अध्यक्ष मुक्ती राम पोख्रेलले हिमालयन कंगारूलाई जानकारी दिनु भयो। यसरी NSW अष्ट्रेलियाका बहुसांस्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्क कोर ले नयाँ वर्ष विशेष कार्यक्रममा सहभागिता जनाएसंगै आफ्नो स्वागत मन्तव्य राख्ने क्रममा RSNA ले विगत ६ बर्ष देखि हाल सम्म आइ पुग्दा सामाजिक, परोपकारी, शिक्षा, स्वास्थ्य, महामारी कोभिडबाट प्रभावित समुदाय एवम् बालबालिका लागि गरको कार्य प्रशंशा गर्दै NSW सरकार पनि RSNA संग मिलेर हातेमालो गर्ने चाहना गरेको भन्दै सम्पूर्ण नेपालीहरुलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भयो। सो कार्यक्रममा संस्थाका अध्यक्ष मुक्ति राम पोख्रेलले प्रमुख अतिथि एवम् बहुसांस्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्ककोरलाई खादा र नेपाली टोपी लगाई साथमा बुद्धको मुर्तिबाट सम्मान गर्नु भएको थियो।

त्यसैगरी कार्यक्रममा विशिष्ट अथिति एवम् NRNA का राष्ट्रियता उपाध्यक्ष धर्म राज अधिकारी, महासचिव डा. मधु सुदन पुडासैनी, NRNA अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं राष्ट्रिय उपाध्यक्ष मना के.सी., ओएनफ अन्तराष्ट्रिय सचिव रमेश पाण्डे, लिभर नेपाली कम्युनिटीका उम्मेदार एवम् सामाजिक अभियन्ता बिनोद पौडेल, अनेसास अष्ट्रेलियाका अध्यक्ष ममता तिवारी पेन्सस कम्युनिटी एवं संजालका सल्लाकार डा.प्रकाश पौडेल लगायत संस्थाले गरेको महत्त्वपूर्ण कार्यको सरहना गर्दै नयाँ वर्षको शुभकामना व्यक्त्त गर्नु भएको थियो।

यसैगरी कार्यक्रममा एनआरएनए न्यु साउथ वेल्स राज्यका उप-प्रमुख स्वीकृती भट्ट,ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशव जोशि, वरिष्ठ समाज सेवी नारायण प्रधान, झापाली समाजका अध्यक्ष निराजन प्रसाई, साउथ वेष्ठ नेपाली कम्यूनिटिका अध्यष सुदिप ढकाल, गुल्मी समाजका अध्यक्ष कमला वस्नेत, सुदूरपश्चिम समाजका अध्यक्ष तोरम अवस्थी, प्रवासी नेपाली यूवा मञ्च अष्ट्रेलियाका अध्यक्ष अरुण गौतम, द नेपाली टाईम्स अष्ट्रेलियाका निर्देशक मेहन्द्र लम्साल, एन वि डि ए का महासचिव प्रकाश लामिछाने, पोखरा समाजका अष्ट्रेलियाका महासचिव प्रकाश सुवेदी, नवलपुर समाजका अध्यक्ष खेमराज पंगेनी, अभिभावक संघका अध्यक्ष राम अधिकारी, मल्टि डाइनमिकका मेनेजिङ डाइरेक्टर विजय पहल, ल्याण्ड लिज का निर्देशक अशोक थपलिया, जुनो होम लोन्सका निर्देशक विनोद प्रसाद मौनाली, भिजन फर मोटिभेसनका महेश प्रर्साई, विश्व पाटिका मिडियाका चर्चित पत्रकार अनिल खड्का, एभरेष्ट टिभिका अष्ट्रेलियाका नविन गौतम, नेपाल न्यूज अष्ट्रेलियाका माधव गैरे, पत्रकार महासंघका अध्यक्ष रिषि आचार्य, संस्थाका संरक्षक राज खनाल, पूर्व अध्यक्ष कृष्ण गैरे निवर्तमान अध्यक्ष ईस्वर अविरल पोखरेल, सल्लाहाकार ज्यु को सहभागिता रहेको थियो।

यसरी कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि Bi – Box का निर्देशक दोमनाथ, उपाध्यक्ष प्रोपर्ति पल्सका निर्देशक प्रोमद कार्की, सौजन्य प्रदान गर्दै सहयोग पुर्याउनु भएको थियो। साथै Everest Butchury र Sunrise Butchury and grocery ले सहयोग पुर्याउनु भएको थियो। यसका साथै कार्यक्रमलाई थप मनोरंजन प्रदान गर्न बाल प्रतिभा श्रीया पौडेलले नृत्य प्रस्तुत गर्नु भएको थियो र सांस्कृतिक सहसंयोजक एवम् गायक प्रदिप खनाल र गायिका एडिसा न्यौपानेले गीतसंगीतबाट बेजोड प्रस्तुती गर्नु भएको थियो। साथमा राफल चिठ्ठा, बालबालिको प्रतिभामुलक कार्यक्रमलाई संन्जालका परियोजना कोडिनेटर राजन खड्का, सदस्य सपना गुरुङ र कलातथा साहित्यिक कोडिनेटर सुचना पाण्डेले संन्चालन गर्नु भएको थियो।

महासचिव रन्जिता भण्डारीको संचालन एवम् कार्यक्रम संयोजक दिवाकर काफ्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम भाईचाराको सम्बन्ध बिकास गर्नुको साथै संस्थाहरूसंग समन्वय गरी सबैमा समान र समानता नै मुख्य मानिसको मानवीय भावना रहेको कारणले संस्थालाई अझ ठुलो र बिश्वासिलो बनाउन लागि परेको आयोजक संस्थाले जनाएको छ।