“अष्ट्रेलियामा सिकेको सिप र ज्ञानलाई नेपालमा सदुपयोग गर्दा राम्रो”

0
386

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भरतपुर,चितवन घर हुनुभएको यम प्रसाद कंडेलसंग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मलाई अष्ट्रेलियाबाट छोराले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
धेरै टाढाबाट छोराले माया गरेर सम्झेर उपहार पठाईदिएकोमा खुसी लाग्छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
छोरा अष्ट्रेलिया गएको १० बर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
मेरो छोरा अष्ट्रेलियाको मेलवर्नमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो भविष्य बनाउन गएको हुँदा एकदमै हर्षित छु।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आफ्नो साथमा सधै राख्न पाए हुन्थ्यो जस्तो लाग्छ। चाडपर्वमा मात्रै होइन सधैँ याद आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो पढाई सकेर करियर बनाउन सक्ने क्षमता भएपछि नेपालनै फर्के हुन्थ्यो जस्तो लाग्छ। सक्षम भएर आफुले जानेको काम पढाई अनुसार यता नै केहि गरे हुन्थ्यो जस्तो लाग्छ। उता आफुले सिकेको सिपलाई यहाँ आएर आफुसंगै अरुलाई पनि सक्षम बनाए हुन्थ्यो र यहाँ नै काम संचालन गरेर यता नै सेटल भए हुन्थ्यो जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छु।

अष्ट्रेलियाको के कुरा राम्रो नराम्रो लाग्यो ?
अष्ट्रेलियाको सेवा सुविधा, पढाई र ठाउँहरु राम्रो लाग्छ। नराम्रो भन्ने केहि छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई विदेश सेटल हुनु ठिकै हो जस्तो लाग्छ, किनकी नेपालमा पढाई अनुसार काम गर्न पनि सहज छैन र मेहनत अनुसार पैसा पनि पाइदैन। उता क्षमता र मेहनत अनुसार पैसा पाइन्छ, सेवा सुविधा पनि राम्रो छ। सबै कुरा राम्रो हुँदा उतै सेटल भएर भविष्य राम्रो बनाए हुन्थ्यो।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफुले सिकेको सीपलाई नेपालमा आएर सदुयोग गर्नु।