मेलवर्नको पश्चिम क्षेत्रमा रहेको रोयल वेस्टर्न क्लबद्वारा सुसन खतिवडाको परिवारलाई आर्थिक सहयोग

0
437

मेलवर्न। अष्ट्रेलियामा निधन भएका सुसन खतिवडाको परिवारलाई रोयल वेस्टर्न क्लवले आठ हजार एक सय एक्काइस डलर आर्थिक साह्योग गरेको छ।

अष्ट्रेलियामा निधन भएका सुसनको शव नेपाल लैजान तथा उनको परिवारलाई पनि आर्थिक सहज दिलाउन सकियोस् भन्ने उद्देश्यले क्लबको पहलमा कार्यसमिति सदस्य, स्वयंसेवक, सल्लाहकार, खेलाडी तथा क्लबका शुभचिन्तकहरुको तर्फबाट आर्थिक संकलन बुझाइएको हो।

यसरी खतिवडाको दुख:द घडीमा हातेमालो गर्दै आर्थिक रकम संकलन गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरुमा क्लबले हार्दिक आभार प्रकट गरेको छ।