“नेपालमा भविष्य निर्माण गर्ने वातावरण नहुँदा विदेशिन बाध्य”

0
296

यस स्तम्भ अन्तर्गत आज हामीले इनरवा, घर हुनुभएकीअष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले थैवा, ललितपुर घर हुनुभएकी मुना महर्जनसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मलाई अष्ट्रेलियाबाट मेरो भाईले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
भाइले धेरै टाढाबाट सम्झेर उपहार पठाईदिएको हुँदा खुशी लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
भाई अष्ट्रेलिया गएको ३ बर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
मेरो भाई अष्ट्रेलियाको सिड्नीमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो करियर बनाउन गएको हुँदा खुशी लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
एउटा मात्र भाई भएको हुँदा चाडपर्वमा मात्रै होइन सधैँ मिस हुन्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
आफ्नो करियर बनाउन गएको हुदाँ मलाई उतै सेटल भएको राम्रो लाग्छ। यहाँ आएर पनि आफ्नो भविष्य निर्माण गर्ने कुनै वातावरण नै छैन, त्यसकारणले गर्दा पढाईको साथसाथै करियर पनि निर्माण हुनु पर्यो बाकी मलाई जहाँ बसेपनि ठिक लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अष्ट्रेलिया अहिलेसम्म नगएको हुँदा त्यहाँको राम्रो नराम्रो भन्ने केहि थाहा छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई विदेश सेटल हुनु ठिकै हो जस्तो लाग्छ, किनकी आफ्नो करियर, पढाई, काम सबै कुराको लागि नेपालमा केहि व्यवस्था छैन। आफ्नो ठाउँमा पढाई अनुसारको काम नपाउँदा र सेवा सुविधा नभएको हुँदा उता नै सेटल हुँदा राम्रो हुन्छ जस्तो लाग्छ। जहाँ बसेपनि आफ्नो भविष्य निर्माण हुनुपर्यो, त्यहि हो।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो ख्याल राख्नु र राम्रोसंग काम गर्नु।