“ग्राहकहरुलाई खुसी गराउने मुख्य लक्ष्यका साथ ‘भिक्टोरिया ड्राइभिङ स्कुल’ संचालन”

0
521

यसै बिचमा हिमालयन कंगारू डटकम अन्तर्गत आज हामीले अष्ट्रेलियाको मेलवर्नमा रहेर आफ्नो मेहनत, परिश्रमको साथै आफुमा भएको ज्ञान बाड्दै भिक्टोरिया ड्राइभिङ स्कुलबाट सेवा र सहयोग गर्दै आउनु भएका इश्वरी रिजाल संग कुराकानी गरेका छौं।

तपाइले व्यवसाय सुरु गर्दा कसरी गर्नु भयो ?
मैले यो व्यवसाय गर्नु भन्दा अगाडी यसबारे खोज अनुसन्धान गरी राम्रोसंग बुझेर मात्र सुरु गरेको हो। यो व्यवसाय गर्न चाहिने आवश्यक क्षमताको साथै नीतिनियम पनि पुरा गरी यो व्यवसाय संचालन गर्दा आफुलाई पनि फाइदाजनक हुन्छ भन्ने सोचले सुरु गर्न पुगे।

यो व्यवसायबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म यो व्यवसायबाट धेरै नै सन्तुष्टि छु। सम्बन्धित निकायसंग पनि यसको विषयमा छलफल गरी यस ड्राइभिङ स्कुलसम्बधी प्रमाणपत्र लिएर व्यवसाय संचालन गरेको हुँदा र आफुमा भएको ज्ञान सिपहरु अरुलाई सिकाउन पाउँदा धेरै नै खुसी छु।

तपाइको व्यवसायले दिने सेवाहरु के-के हुन् ?
मेरो व्यवसायले दिने सेवाहरु भनेको अष्ट्रेलियामा आफ्नो काममा अथवा महत्वपूर्ण ठाउँमा जानको लागि भनेको समयमा पुग्नको लागि धेरै मानिसहरुलाई ड्राइभिङ लाइसेन्सको आवश्यकता परेको परेको हुन्छ। ड्राइभिङ लाइसेन्स निकालेर कार किनी भनेको समयमा चाहेको ठाउँमा जान सक्नु हुन्छ। अष्ट्रेलियामा जसलाई ड्राइभिङ स्कुलबाट लाइसेन्स लिनु छ, उहाँहरुलाई कार कहाँ सिक्ने यहाँको नियम कसरी बुझ्ने भन्ने बारेमा टेन्सन हुन सक्छ, त्यस्तो समस्यालाई हटाउदै मैले अष्ट्रेलियाको ड्राइभिङ सम्बन्धित सबै जानकारी गराउछु। नेपालबाट सिकेर आउनु भएको छ कि छैन र कत्तिको ड्राइभिङ गर्न सक्नु हुन्छ भन्ने बारे राम्रोसंग बुझेर उहाँहरुलाई कसरी सिकाउदा राम्रोसंग सिक्न सक्नु हुन्छ र गाडी चलाउदा डर नलाग्ने र सहज महसुस हुने हिसाबले ड्राइभिङ टेस्ट मा पास हुने गरि सिकाउने गर्दछु |

 

यदि ‘ड्राइभिङ लाइसेन्स’ सम्बन्धी सुविधा लिनु पर्यो भने तपाइलाई कसरी सम्पर्क गर्ने ?
‘ड्राइभिङ लाइसेन्स’ सम्बन्धी सुविधा लिनको लागि मेरो सम्पर्क नम्बर 0433777042 रहेको छ, मलाई फोन गर्न सक्नु हुनेछ। यदी मेरो कुनै व्यस्तताको कारण मैले फोन उठाउन सकिन भने पनि मलाई एस एम एस गरेर पनि सम्पर्क गर्न सक्नु हुन्छ, पछी मैले हेरेर जवाफ दिनेछु। भिक्टोरिया ड्राइभिङ स्कुल भनेर फेसबुक,टिकटक, युटुब र इन्स्टाग्राममा खोजेर सम्पर्क गर्दा पनि हुन्छ।

तपाइको विचारमा जागिर सहज कि व्यवसाय सहज ?
मेरो विचारमा के लाग्छ भने सबै मान्छेहरुको सोचमा हुन्छ, जागिर भन्दा आफ्नै व्यवसाय सुरु गर्न पाए हुन्थ्यो भन्ने। जागिरमा निश्चित समय तोकिएर काम गरिन्छ आफ्नो भन्दा पनि अरुको सोचमा रहेर काम गर्नु पर्ने हुन्छ। तर, व्यवसाय हामीले आफ्नो समय हेरेर आफ्नो हिसाबले अगाडी लैजान सकिन्छ र आफ्नो स्वस्थको लागि अनि परिवारको लागि पनि समय दिन सकिन्छ त्यसैले पनि मलाई त व्यवसाय ठिक लाग्छ।

आगामी दिनहरुमा व्यवसायलाई कसरी अगाडी बढाउने योजना बनाउनु भएको छ ?
मेरो मुख्य लक्ष्य भनेकै ग्राहकहरुलाई खुसी गराउनु हो र उहाँहरुलाई समयमै सुविधा दिएर ड्राइभिङ सम्बन्धि जुनसुकै समस्यालाई पनि सहज बनाउनु हो। आगामी दिनहरुमा पनि म यसलाई नै निरन्तरता दिएर अझै राम्रो गराउने लक्ष्य साथ अगाडी बढ्ने योजना छ।

तपाई व्यवसाय बाहेक के गर्नुहुन्छ ? समयको म्यानेज गर्न कतिको सहज हुन्छ ?
म यसै व्यवसायमा मात्र लागिरहेको छु त्यसैले पनि मलाई समय मिलाएर अगाडी बढ्न सहज छ।

अन्त्यमा मैले सोध्न बिर्सेको र तपाईले आफ्नो ग्राहकलाई भन्न मन लागेको केहि छ कि ?
जति पनि नेपाली दाजु भाई अष्ट्रेलिया आउनु भएको छ अर्थवा आउदै हुनुहुन्छ भने, धेरै नभए पनि ५०/६० प्रतिशत मात्र भएपनि गाडी चलाउन जान्ने भएर आउदा धेरै राम्रो हुन्छ। नेपालको पूर्णरुपको ड्राइभिङ लाइसेन्स लिएर आउनु भयो भने अष्ट्रेलियन ड्राइभिङ लाइसेन्स निकाल्नको लागि सहज हुन्छ। यदी कसैले नेपालमा चलाउनु भएको छैन र समय मौका मिलेको छैन भने उहाँहरुलाई म के भन्न चाहन्छु भन्दा; समय निकालेर अल्लि ध्यान दिएर ड्राइभिङ लाइसेन्स निकाल्नुहोस् किनकि अष्ट्रेलिया बस्दा सम्म पनि हजुरलाई हरेक कुरामा जस्तै ;काम देखि लिएर फोटो आइडी र आफुले धेरै कुरामा अवसर पाइन्छ ड्राइभिङ लाइसेन्स सम्बन्धि धेरै सहज हुन्छ। नेपाली दिदी बहिनी दाजु भाईहरुलाई कसैले पनि ड्राइभिङ लाइसेन्सको लागि ढिला नगरी क्लास लिनु भन्न चाहन्छु।