“विदेशमा पैसा टिप्न पाइन्छ जस्तो गरेर विदेशिएको राम्रो लाग्दैन”

0
466

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भरतपुर, पोखरिचोक घर हुनुभएकी अस्मिता रानाभाटसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
मलाई अष्ट्रेलियाबाट ब्वाईफ्रेन्डले पठाइदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
उहाँले त्यति टाढाबाट मेरो जन्मदिनको अवसर पारेर मलाई उपहार पठाइदिनुभएकोमा धेरै खुसि लागेको छ।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको ५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
उहाँ अष्ट्रेलियाको लेडले ठाउँमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
उहाँ अष्ट्रेलिया आफ्नो करियर बनाउन र आफ्नो पढाई राम्रोसंग पुरा गर्नको लागि जानुभएको हुँदा धेरै खुसि र राम्रो लाग्छ।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वमा मात्र होइन,मलाई त उहाँको सधैँ सम्झना आउँछ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
कसलाई आफ्नो मान्छे आफु बाट टाढा बसुन भन्ने लाग्छ र नजिक आफु संगै भए हुन्थ्यो जस्तो लाग्छ तर नेपालमा जति दुख कष्ट गरेपनि केहि नगरे जस्तो हुने हुँदा बाध्यताले पनि उतै सेटल भएको ठिक लाउछ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो नराम्रो लाग्यो ?
मलाई त्यहाँको पढाई, कर्मचारीले पाउने सेवासुविधा राम्रो लाग्छ। नराम्रो कुरा भन्ने केहि छैन।

अष्ट्रेलिया जाने सोंचमा हुनुहुन्छ ?
मैले सोच बनाएको छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
अन्य देशहरुमा गएर सेटल हुन भन्दा आफ्नै देशमा एउटा कम्पनि या फ्याक्ट्री खोलेर जे गर्नु छ आफ्नै देशमा गरेको राम्रो लाग्छ। विदेशमा गएर पैसा टिप्न पाईन्छ जस्तो गरेर सबै नेपालीहरु आफ्नो परिवार देश छोडेर अरुको देशमा दुख गर्न जानछन्। अरु देशहरुमा गएपनि आफ्नो पढाई सकेर नेपालनै फर्किए हुन्थ्यो जस्तो लाग्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
सबैजना नेपालीलाई धेरै सम्झना अनि माया।