अष्ट्रेलियाको न्यू साउथ वेल्समा पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु

0
240

सिड्नी। अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बिहिबार बिहानको अपडेट अनुसार न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाको अवधिमा थप २२ हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी १ हजार ४ सय ३७ जना अस्पतालमा उपचाररत छन् भने ४८ जना आइ.सी.यु मा छन्।