रजिस्ट्रड ट्राभल एण्ड टुर कानुनी प्रकृया पुरा गरि स्थापना

0
424

अष्ट्रेलिया। अष्ट्रेलियाको जुन सुकै ठाउँहरुमा पनि घुम फिर गर्न चाहने यात्रीहरुलाई सहज बनाउन रजिस्ट्रड ट्राभल एण्ड टुर स्थापना भएको छ। अष्ट्रेलियालाई केन्द्र बनाएर सेवा सुरु गरेको रजिस्ट्रड ट्राभल एण्ड टुरले हवाई टिकटको सेवा दिने भएको छ। अन्तराष्ट्रिय र आन्तरीक गरी दुबै प्रकारका हवाई टिकटको सेवा लिन सक्नु हुनेछ।

नेपालबाट अष्ट्रेलिया जाने र अष्ट्रेलियाबाट नेपाल फर्किने दुबै यात्रुहरुले यसको सेवा लिन सक्नेछन्। यसले नेपालको लागी मुख्य लक्ष्य राखेर काम गरेको छ। साथै रजिस्ट्रड ट्राभल एण्ड टुरले आन्तरीक तथा बाह्य यात्रुहरुका लागि ट्राभल सेवा दिने भएको छ। अष्ट्रेलियाबाट नेपाल पैसा पठाउने रेमिट्यान्स सेवा पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ।

registered-remit

रजिस्ट्रड ट्राभल एण्ड टुरले अष्ट्रेलियाको मेलबर्नमा कानुनी रुपमा प्रकृया पुरा गरेर कार्यलय स्थापना गरेको छ। यसले आगामी दिनहरुमा पनि टिकटको मात्र नभएर अन्य सेवाहरु पनि दिने लक्ष्य राखेको छ।