टच फुटि वल्डकपको उपाधि नेपाली टिमलाई

0
506

मेलवर्न। अष्ट्रेलियाको भिक्टोरियामा आज भएको फुटी वर्ल्ड कप (Touch Footy World Cup) नेपाल टिमले जितेको छ। न्याभले नेतृत्व गरिरहेको नेपाल टिमले विश्वकपको डिभिजन- २ जित्न सफल भएको छ ।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको तीन दशक लामो इतिहासमा पहिलो पटक नेपाली टिमले फूटी प्रतियोगितामा सहभागीता जनाए संगै आफ्नो जित हात पार्न पनि सफल भए। प्रतियोगितामा नेपालसंगै फिलिपिन्स, मेक्सिको, मलावी, स्विजरल्याण्ड, ब्राजिल, न्यूजील्याण्ड, वेल्स गरी ८ टिमको सहभागिता रहेको थियो। टिम नेपालको क्याप्टेनमा ससेन्द्र केसी, भाइस क्याप्टेनमा रोस्लिना महर्जन, आदर्श पौड्याल, जेम्स थापा, दीपेन्द्र खड्का, रोशन कँडेल, रेन्बो अधिकारी, बबी लामा, सूरज श्रेष्ठ, उज्जल अधिकारी, बिसिष्ट दुरा, श्रवण रोका रहेका छन् भने प्रशिक्षकमा महादेव धानुक, प्रबन्धकमा रोशन दाहाल अनि संयोजकमा प्रेमराज उप्रेती रहेका छन्।

फुटी वर्ल्ड कपमा महिलाले पनि अनिवार्य सहभागिता जनाउनु पर्ने नियम राखिएको थियो। जसमा नेपाली टिमबाट दुइजना महिलाले सहभागिता जनाएका थिए। नेपालको पहिलो खेल फिलिपिन्ससंग, दोस्रो ब्राजिलसंग, तेस्रो मलावीसंग थियो भने अन्तिम खेल पनि ब्राजिलसंग गरी चार खेल खेलेको हो। यसरी नेपाल टिम अग्र स्थानमा आएर आफ्नो जित हासिल पारेको हो।