नयाँ वर्षको अवसरमा नेपाली सोसाइटी तास्मनियाले भब्य कार्यक्रम गर्दै

0
368

अष्ट्रेलिया/तास्मनिया – नेपाली सोसाइटी तास्मनियाले नव वर्ष २०७९ साललाई धुमधामका साथ स्वागत गर्न विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ। तास्मनियाले नयाँ वर्षको अवसर पारी विशेष कार्यक्रम गर्ने भएको हो।

नेपालीहरु एकआपसमा पारिवारिक माहोल बनाइ कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्ने आयोजक संस्थाको दावी छ। नयाँ वर्षको विशेष कार्यक्रममा १२ वर्ष मुनिका बालबालिकाहरुलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ भने सो भन्दा माथिकाहरुलाई प्रति व्यक्ति $ 10 को व्यवस्था गरिएको संस्थाले जनाएको छ। कार्यक्रमलाई थप शोभा बढाउनको लागि कला, नृत्य, संगीत, खाना,पेयपदार्थ जस्ताको व्यवस्था पनि गरिएको छ। भने वर्ष भरी सहयोग गर्ने सामाजिक सथा स्वयम्सेवक, मिडिया पार्टनर तथा फोटोग्राफी पार्टनरहरु र प्रायोजकहरुलाई सम्मान स्वरुप प्रमाणपत्र हस्तान्तरण गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ।

नयाँ वर्ष २०७९ को विशेष कार्यक्रम आगामी आइतबार अर्थात् अप्रिल १० तारिखका दिन बेलुकी 4:00 बजे देखि 10:00 बजे सम्म तास्मनियाको मुनाह आर्ट्स सेन्टरमा हुने भएको छ। आपसी सद्भाव, एकता र खुसीका साथ नयाँ वर्ष मनाउनका लागि कार्यक्रममा सहभागी हुन संस्थाले सबैलाई आग्रह गरेको छ। त्यसैगरी कार्यक्रममा सहभागी जनाउनको लागि जति सक्दो चाडो टिकट बुकिङको लागि सम्पर्क गर्न सक्नु हुनेछ।