अष्ट्रेलियाको सांसदमा उठ्दै विनोद

0
443

अष्ट्रेलिया – अष्ट्रेलियामा दुइ महिना पछि हुने केन्द्रिय निर्वाचनमा नेपाली मुलुकका विनोद पौडेल सत्तारुढ दल लिबरलबाट संसाद पदको लागि उठ्ने भएका छन्। सत्तारुढ दल लिबरलको न्यु साउथ वेल्स शाखाले एक विज्ञप्ति जारी गर्दै पौडेललाई म्याकाथर निर्वाचन क्षेत्रबाट संसादको उम्मेदवार बनाउने जनाएको हो।

स्थानीय नेतृत्व प्रशिक्षक तथा बहुसांस्कृतिक समुदायका नेता विनोद विगत ६ वर्षदेखि आफ्नी श्रीमती जिप्सौना र कान्छो छोरा गिलोनसँग मिन्टोमा बस्दै आएका हुन्। १५ वर्षदेखि नेपालको चितवनबाट विद्यार्थीका रुपमा अष्ट्रेलिया आएका पौडेल करिब एक दशकदेखि स्थानीय स्तरको राजनीतिमा सहभागी छन्। केहि समय पहिले भएको स्थानीय निर्वाचनमा लिबरलबाटै काउन्सिलरको पदमा रहेर काम गरे पनि यसपालीको निर्वाचनमा संसादको टिकट पाएका हुन्। नेपालीको साथै अन्य आप्रवासी समुहको बाक्लो बसोबास रहेको निर्वाचन क्षेत्रबाट आफुले जित हासिल पार्ने पौडेलको दावी छ। लिबरल न्यु साउथ वेल्सका इयान ज्याकोनद्वारा सार्वजनिक विज्ञप्तिमा पौडेलले बहुसांस्कृतिक समुदायका साथै उक्त्त निर्वाचन क्षेत्रको पदमा उठेका छन्।

अर्थतन्त्र र भविष्यलाई अझ मजबुद बनाउन काम गर्ने जनाइएको छ। हरेक तिन वर्षमा हुने संघिय निर्वाचन यहि मे महिनामा हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री स्कट मोरिसनले निर्वाचन मिति तोकेपछि आधिकारिक निर्वाचन कार्यक्रम सार्वजनिक गरिने छ। पौडेलले टिकट पाएको उक्त्त निर्वाचन क्षेत्रमा बिगत दुइ कार्यकालदेखि विपक्षी लेबरका माइक फ्रिल्यान्दर निर्वाचित छन्। तर सन् २०१० देखि २०१६ सम्म दुइ कार्यकालको लागि लिबरलकै रसेल माथेसन विजयी भएका थिए। पौडेलले स्थानीय समुदायसंग नजिक रहेर काम गरिरहेको हुँदा बलियो अर्थव्यवस्था तथा भविष्य प्रदान गर्ने र विजयी हुने अपेक्षा गरेका छन्।