अष्ट्रेलियाको भिक्टोरियामा थप १० हजार ४ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

0
297

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसका १० हजार ४ सय २४ जना नयाँ संक्रमित थपिएका छन्। शुक्रबार बिहानको अपडेट अनुसार, पछिल्लो २४ घण्टामा भिक्टोरियामा २२ हजार ९ सय ३४ जनामा कोरोना परिक्षण गरिएको थियो। सोही अवधिमा ६ जना संक्रमितले ज्यान गुमाएका छन्।

भिक्टोरियामा हाल ६१ हजार ३ सय ८ जना सक्रिय संक्रमित रहेका छन्। ती मध्ये ३ सय १० जनाको अस्पतालमा उपचार भइरहेको छ।