संजिव बने तास्मनिया ओपन ब्याडमिन्टन च्याम्पियनसिपको बिजेता

0
425

तास्मनिया। पूर्व राष्ट्रिय नेपाली खेलाडी संजिव खड्काले गत सप्ताहन्तमा तास्मनिया ओपन ब्याडमिन्टन च्याम्पियनसिप जित्नु भएको छ। जसमा २०९ जनाको प्रतिस्प्रधा मध्ये उहाँ अग्र स्थानमा आउनुभएको हो।

गत वर्ष एनआरएनएले उहाँलाई ‘स्पोर्ट्स पर्सन अफ द इयर’ अवार्ड २०२० घोषणा गरिएको थियो। अष्ट्रेलियाको राष्ट्रिय पुरुष एकलमा श्रेणी नम्बर १० मा आउन सफल हुनु भएको छ। उहाँ एक नेपालको औपचारिक खेलाडी पनि हो। यसै क्रममा अध्ययनको शिलशिलामा २०१८ मा अष्ट्रेलिया जानुभएको थियो। अहिले अष्ट्रेलियामा रहेर ब्याडमिन्टन खेल्ने र सिकाउने गर्दै आउनु भएको छ। खड्काले अर्को एक वर्षका लागि FELET ब्रान्डसँग सम्झौता गर्नु भएको छ। अबको एक वर्ष संजिवले फेलेटका उत्पादनलाई प्रवर्द्धन गर्ने तथा खेलको दौरान त्यसै कम्पनीका उत्पादनलाई प्रयोग गर्ने छन् ।

त्यस्तै उहाँ नेप्लीज तास्मानिया स्पोर्टस एशोसिएसन संस्थाको उप – सभापतिमा रहेर काम गर्दै आउनुभएको छ। जसमा रहेर उहाँ खेलाडीको साथै तस्मानियामा प्रशिक्षकको रुपमा काम गर्दै आउनु भएको छ र उहाँ गत वर्ष फेब्रुअरी देखि फेलेट ब्रान्डमा एम्बेसडर पनि हुनुहुन्छ।