नेपाल पहिलो पटक द्विपक्षीय ओडिआई सिरिजमा पराजित

0
142

काठमाडौं – नेपालको द्विपक्षीय ओडिआई सिरिजमा पहिलो पटक क्लिनस्विप हार बेहोर्न पुगेको छ । नेपाल पपुवा न्युगिनीसँग घरेलु मैदान टियुमा दुबै खेलमा पराजित भएपछि क्लिनस्विप बेहोर्न पुग्यो।

नेपाल पहिलो खेलमा पपुवा न्युगिनीसँग ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भयो । यसअघि नेपालले तीन द्विपक्षीय सिरिज खेलेपनि क्लिनस्विप र गुमाउनु परेको थिएन । नेपालले २०१८ मा नेदरल्यान्ड्ससँग दुई ओडिआई खेलको सिरिज खेलेको थियो । नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग ऐतिहासिक ओडिआईमा डेब्यू गरेको थियो । उक्त खेलमा नेपाल ५५ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल १ रनले विजयी हुँदा सिरिज १–१ को बराबरीमा सकेको थियो।

यस अधिको सिरिजमा पनि नेपाल हालसम्म जित बिहीन बन्नु परेको छैन । नेपालले दुबै खेलमा ब्याटिङमा सानदार प्रदर्शन गरेपनि बलिङ नचल्दा पराजित भएको हो । नेपालले पहिलो खेलमा २ सय ९३ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ८ विकेट गुमाउँदै २ सय ८६ रन बनाएको थियो । रोहित पौडेलले १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए । तर अन्तिममा फिनिसिङमा चुक्दा नेपाल झिनो अन्तरले पराजित भयो ।

दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय ७८ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले १ सय ४० बलमा ७ चौकासहित १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए । देव खनालले ८६ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनको इनिङ खेले । उक्त लक्ष्य पपुवा न्युगिनीले ७ विकेट गुमाउँदै ४८.४ ओभरमा पूरा गर्यो । पपुवा न्युगिनीले यसअघि २०१४ मा हङकङविरुद्ध दुई ओडिआई सिरिजमा पनि क्लिनस्विप गरेको थियो । त्यसपछि पपुवा न्युगिनीले पहिलो ओडिआई सिरिज जित्न सफल भएको छ ।