सिडनीबाट मार्च १६ देखि हराएका अनुज कुँवर एकसातापछि भेटिए

0
1288

ब्रिज्वेन। अष्ट्रेलियाको सिडनीबाट मार्च १६ देखि हराएका एक नेपाली विद्यार्थी भेटिएका छन। न्यू साउथवेल्स प्रहरी र एनआरएनए न्यू साउथ वेल्सले जारी गरेको सूचना र खोजीका लागि दिएको तिब्रतासँगै करिब एकसातापछि २३ वर्षिया अनुज फेला परेका हुन।

गत १६ मार्च बुधबारदेखि नभेटिएको अनुज करिब एकसाता पछि साथीको कोठामा रहेको जानकारी स्थानीय प्रहरीले दिएको छ। एनआरएनए न्यूसाउथवेल्सका संयोजक नन्द गुरुङले हिमालयन कंगारूसँग कुराकानी गर्दै अनुज कुँवर फेला परेको पुष्टि गर्नुभयो। यसरी स्थानीय प्रहरीसँगै नेपाली समूदायको साझा प्रयासबाट हराएका विद्यार्थी भेट्न सफल भएको भन्दै सबैलाई संयोजक गुरुङले धन्यवाद समेत दिनु भयो।