“समयअनुसार आफुलाई जहाँ पनि सेटल गराउनु पर्ने बाध्य हुन्छ : नेपाली”

0
333

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले भक्तपुर घर हुनुभएको सौरव सिलवालसँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो दिदीले पठाईदिनुभएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यसरी उपहार पाएपछि त अवश्य खुसी लागिहाल्छ नि।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
म सानै थिए उहाँ अष्ट्रेलिया जाँदा त्यसैले खासै थाहा भएन।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
अष्ट्रेलियाको सिड्नीमा बस्नुहुन्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो करियरको लागि जानुभएको हो, त्यसकारण मलाई राम्रै लाग्छ। जीवनमा प्रगति गर्न जानु भनेको त राम्रो पक्ष हो नि।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
आजभोली इन्टरनेटको जमाना छ, त्यसैले कुरा भइराख्छ अनि खासै मिस भएको जस्तो लाग्दैन। आफ्नो मान्छे सम्झना त आइहाल्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
उहाँलाई जहाँ बस्दा राम्रो हुन्छ, त्यहि बसे हुन्छ जस्तो लाग्छ। भविष्य आफ्नो हो अनि निर्माण गर्ने आफैँले हो, त्यसैले हामीले यहि सेटल हुनु पर्छ भन्नै मिल्दैन जस्तो लाग्छ। जहाँ बस्दा पनि करियर बन्न पर्यो, हामी त्यसमै खुसी हुन्छौ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अष्ट्रेलिया अहिलेसम्म गएको छै, त्यसैले राम्रो नराम्रो केहि थाहा छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई सेटल हुनु ठिकै जस्तो लाग्छ, किनकी आफ्नो देशमा केहि नभएको कारणले जाने हो रहरले होइन, त्यसैले पछि फेरी नेपाल नै फर्किएर आफु रोजगारी त हुने होइन। बरु उतै बनिरहेको जिन्दगीलाई अझै राम्रोसंग बनाउदै लागे आफ्नो परिवारको लागि पनि राम्रो हुने गर्छ। जहाँ बसेपनि आफु नेपाली नै हो र आफ्नै देशको माया लाग्छ। यति फरक होकी समयअनुसार आफुलाई जहाँ पनि सेटल गराउनु पर्ने बाध्यता हो।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
स्वस्थ रहनु।