“अष्ट्रेलियामा धेरै संघर्ष गर्न पर्छ, आफुलाई पहिल्यै सक्षम बनाएर आएको राम्रो”

0
369

विदेशमा बस्ने नेपालीहरुको अनुभव साट्ने ठाउँको रुपमा हिमालयन कंगारुले टक सेसन सुरु गरेको हो। यस अन्तर्गत आज हामीले हाल अष्ट्रेलियाको सिड्नीमा बसोवास गरिरहनुभएका मनोज थापासंगको कुराकानी प्रस्तुत गरेका छौँ।

नेपालमा तपाईंको घर कहाँ हो ?
मेरो घर बुटवल हो ।

अष्ट्रेलिया जानुभएको कति भयो ?
म अष्ट्रेलिया आएको ४ वर्ष भयो।

अहिले के गर्दै हुनुहुन्छ ? कुन युनिभर्सिटी /कलेजमा र कुन लेभलमा पढ्दै हुनुहुन्छ ?
अहिले आफ्नो पढाईलाई निरन्तरता दिदै छु। अहिले म सिड्नीको सोउथेर्न एकडेमीमा पढ्दै छु।

नेपालमा कुन लेभलको पढाइ सकेर अष्ट्रेलिया जानुभएको थियो ?
मैले +२ लेभलको पढाई सकेर आएको थिए।

तपाईंको अनुभवमा अष्ट्रेलियाको पढाइले करियर निर्माणमा कत्तिको सहज बनाउछ ?
यहाँको पढाई राम्रो छ र पढाईलाई बढी जोड दिएर अगाडी बढ्नुपर्छ। काम कलेज राम्रोसंग मिलाएर गर्नुपर्ने हुन्छ। यहाँको पढाईले अन्य देशमा पनि गएर आफ्नो व्यवसाय गर्न सकिन्छ। यही सेटल हुन्छु भन्नेहरुको लागि पनि धेरै राम्रो छ।

नेपालमा आफूले सोंचेको अष्ट्रेलिया र अष्ट्रेलिया पुगेपछिको अनुभवमा के फरक पाउनुभयो ?
सबै आफैँले गर्नपर्छ ,धेरै संघर्ष गर्नपर्छ त्यसैले पनि नेपालमा हुँदा सोचेको भन्दा त धेरै फरक छ। अष्ट्रेलिया एउटा विकशित देश पनि हो नेपालको परिवेशमा हेर्ने हो भने त फरक भेटिन्छ। तर, म पहिल्यै पढाईको शिलशिलामा बाहिरै भएको भएर र धेरै आस नराखेको भएर फरक भएपनि त्यति गाह्रो भएन ।

काम पाउन कत्तिको गाह्रो भयो ? के बाट काम सुरु गर्नुभएको थियो ?
मलाई सुरुमा गाह्रो भयो काम पाउनको लागि। मैले सुपर मार्केटबाट काम सुरु गरेको थिए।

अष्ट्रेलियाको बसाईले तपाईंलाई के कुरा सिकायो ? त्यहाँको राम्रो र नराम्रो पक्षहरु के के छन् ?
मलाई अष्ट्रेलियाको बसाईले आत्मनिर्भर हुन, मान्छे चिन्न र धेरै संघर्ष गर्न सिकायो। यहाँको नियम बुझ्न गाह्रो छ। तर, नराम्रो नै भन्न त मिल्दैन यसलाई आफुले पढ्न पर्यो सबै कुरा राम्रो छ। यहाँ सरकारले दिने सुविधा देखि लिएर सबै राम्रो छ।

अष्ट्रेलियाको नेपाली समुदाय कस्तो लाग्छ तपाईंलाई ? समुदायका लिडरहरुलाई केही सुझाव दिन चाहनुहुन्छ ?
म आफु कुनै संघ सस्थामा त समावेश छैन । आफ्नो कामको व्यस्तताका कारण समुदायमा बस्ने विभिन्न योजना बनाउने समय पनि हुँदैन त्यसैले सुझावको लागि पनि केहि छैन।

अष्ट्रेलियामा रहँदा घरपरिवारको कत्तिको सम्झना आउँदो रहेछ ?
आफ्नो परिवारको सम्झना अष्ट्रेलियामा मात्र हुँदा होइन घर छोडेपछी आउँछ।

अष्ट्रेलिया जान चाहने नयाँ विद्यार्थीलाई र उहाँका अभिभावकलाई के सुझाव दिन चाहनुहुन्छ ?
आफुले पढ्ने ठाउँको सबै कुरामा भर नपर्नुहोला, सहि मान्छेको परामर्श लिएर अष्ट्रेलिया आउनुहोला। पैसा कसरि कहाँ खर्च गर्ने र समयको महत्त्व थाहा हुनुपर्छ। अष्ट्रेलियामा धेरै संघर्ष गर्न पर्छ त्यसैले आफुलाई पहिल्यै सक्षम बनाएर आउनुहोला भन्न चाहन्छु। अभिभावकहरुले पनि अरुको कुरामा लागेर आफ्नो छोरा छोरी अष्ट्रेलिया नपठाउनुहोला। उनीहरुको क्षमता भन्दा धेरै आस नराखीदिनुहोला किनकि धेरै टेन्सनका कारण मान्छेहरुले आफ्नो जिवन नै सकाउने निर्णय लिन बाध्य हुन्छन्। राम्रोसंग बुझेर पठाउनुहोला भन्न चाहन्छु।