“आफ्नो देश छोडेर विदेश सेटल हुनु भन्दा, स्वदेशमै व्यवसाय गरेको राम्रो”

0
206

अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।

यस स्तम्भ अन्तर्गत आज हामीले चितवन, बसपार्क घर हुनुभएकी जानुका धमलासँग कुराकानी गरेका छौं।

अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो भाइले पठाइदिएको हो।

यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
मलाई एकदमै खुसी अनि रमाइलो लाग्यो।

उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उ अष्ट्रेलिया गएको ४/५ वर्ष भयो।

उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
हाल अष्ट्रेलियाको मेलवर्नमा बस्छ।

उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो भाइ अष्ट्रेलिया जस्तो देशमा जाँदा अवश्य खुसी लागिहाल्छ। उसको लागि राम्रो होला भनेर सबै खुसी भएर नै पठाइएको हो।

चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वमा त धेरै मिस हुन्छ। विशेष गरी दशैं तिहारहरु भाइबिना खल्लो लाग्छ।

नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई नेपाल नै फर्किएको राम्रो लाग्छ। आफ्नो भनेको आफ्नै हुन्छ, चाहे त्यो देश होस् या आफन्ती। विदेश त केहि समयको लागि बस्ने अनि आफ्नै देश फर्किनुपर्छ जस्तो लाग्छ।

तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अहिलेसम्म गएको छैन।

अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अष्ट्रेलिया गएकै छैन, त्यसैले राम्रो नराम्रो भन्ने खासै केहि थाहा नै छैन।

नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई राम्रो लाग्दैन। आफु नेपाल नै भएर होला आफ्नै देशमा केहि गरेर खान सकिन्छ जस्तो लाग्छ। होला केहि कुरामा कमी तर त्यसलाई सपार्दै लैजाने हाम्रो कर्तव्य हो नि। झन् आफ्नो देशलाई नै छोडेर विदेशमा सेटल हुने चाहिँ गर्नु हुँदैन। त्यसैले म के भन्न चाहन्छु भने अन्य देशमा गएर जति प्रगती गरेपनि केहि हुँदैन जस्तो लाग्छ, आखिर आफुले नेपाली हुनुको दायित्व पुरा नगरेपछि त्यसकारण पहिलो प्राथमिकता आफ्नै देशलाई दिनुपर्छ।

अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
आफ्नो लक्ष्य के हो त्यो पुरा गर्ने र पछि स्वदेश नै फर्किनुहोला।