तास्मानियामा प्रवासी नेपाली मञ्चको समिति गठन, अध्यक्षमा मुगेन गौतम

0
376

होबार्ट। अष्ट्रेलियाको तास्मानियामा प्रवासी नेपाली मंचको समिति गठन भएको छ। प्रवासी नेपाली मंच अष्ट्रेलियाका अध्यक्ष केशब जोशीको उपस्थितिमा उक्त मंचको नयाँ नेतृत्व चयन गरिएको हो।

प्रवासी नेपाली मंच अष्ट्रेलियाको नयाँ कार्यसमितिको नेतृत्व मुगेन गौतमले गर्नुहुनेभएको छ। त्यसैगरी उपाध्यक्ष केराज खनाल, सचिव सुनिल खंडाल, सह-सचिवमा दीपक नेपाल, कोषाध्यक्षमा रबिन अर्याल र सदस्यहरूमा क्रमशः निस्चल डल्लाकोटि, रीजन लामिछाने, केदार नेपाल, आकाश पौडेल, गोबिन्द क्षेत्री, उज्ज्वल खड़का, शास्वत श्रेष्ठ, बिप्लव दाहाल, पुष्कर न्यौपाने, शिव जी पोख्रेल र पुष्पराज आचार्य छन्।

कार्यक्रममा बोल्दै मंचको नवनिर्वाचित अध्यक्ष मुगेन गौतमले तास्मानियामा रहेका सबै नेपालीहरूको चाहनालाई सम्बोधन गर्नेगरी आफुहरु अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। साथै प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले भर्चुअल माध्यमबाट नवनिर्वाचित कमिटीको सफलताको शुभकामना दिनुभएको थियो।