
अष्ट्रेलियाबाट नेपालमा केक तथा उपहार पठाउनको लागि “केक टु नेपाल “एउटा सजिलो र भरपर्दो मध्यम बन्दै आइरहेको छ।अष्ट्रेलियाबाट पठाएको केक तथा उपहार पाउॅदा नेपालमा रहनुभएको आफन्तलाई कस्तो महसुस हुन्छ?अष्ट्रेलियामा भएको आफन्तका बारेमा उहाॅहरुको धारणा कस्तो छ?जस्ता विषयमा हिमालयन कंगारूले केक टू नेपालको सहकार्यमा “नेपालबाट संदेश” स्तम्भमा आफन्तहरुसंग कुराकानी सुरु गरेको छ।
यस स्तम्भ अन्तर्गत आज हामीले भक्तपुर, सल्लाहघारी घर हुनुभएकी मनिसा भट्टराईसँग कुराकानी गरेका छौं।
अष्ट्रेलियाबाट कसले उपहार पठाइदिनुभएको हो ?
अष्ट्रेलियाबाट मेरो दिदीले पठाईदिनुभएको हो।
यसरी अष्ट्रेलियाबाट पठाउनुभएको उपहार पाउँदा कस्तो लाग्यो ?
यसरी उपहार पाउँदा त अवश्य खुसी लागिहाल्छ नि। मलाई धेरै खुसी अनि रमाइलो लाग्यो।
उहाँ अष्ट्रेलिया जानुभएको कति भयो ?
उहाँ अष्ट्रेलिया जानुभएको ३ वर्ष भयो।
उहाँ अष्ट्रेलियाको कुन ठाउँमा बस्नुहुन्छ, तपाईंलाई थाहा छ ?
हाल अष्ट्रेलियाको क्यानबेरामा बस्नुहुन्छ।
उहाँ अष्ट्रेलिया गएकोमा तपाईंलाई कस्तो लाग्छ ?
आफ्नो भविष्यको लागि जानुभएको हुँदा खुसी नै लाग्छ।
चाडपर्वहरुमा उहाँको कत्तिको सम्झना आउँछ ?
चाडपर्वमा मात्रै होइन सधैँ नै मिस हुने गर्छ। कुरा त भइराख्छ तरपनि आफुसंगै भए जस्तो नहुँदो रहेछ।
नेपाल फर्किए हुन्थ्यो भन्ने लाग्छ कि, उतै सेटल भए हुन्थ्यो जस्तो लाग्छ ?
मलाई नेपाल नै फर्किएको राम्रो लाग्छ। आफ्नो दिदीबहिनी संगै भएको राम्रो अनि रमाइलो हुन्छ। उहाँले पढाई पुरा गर्न जानुभएको हो, त्यसैले पढाई पुरा गरी टन्न पैसा कमाएर स्वदेश नै फर्किंदा धेरै राम्रो हुन्छ।
तपाईं कहिल्यै अष्ट्रेलिया जानुभएको छ ?
म अष्ट्रेलिया अहिलेसम्म गएको छैन।
अष्ट्रेलियाको के कुरा राम्रो र नराम्रो लाग्यो ?
म अष्ट्रेलिया नगएको हुँदा त्यहाँको राम्रो नराम्रो बारे खासै ज्ञान नै भएन।
नेपालीहरु अष्ट्रेलिया, अमेरिका, जापान जस्ता देशमा गएर उतै सेटल हुनु तपाईंलाई कस्तो लाग्छ ?
मलाई एकतर्फबाट राम्रै हो जस्तो लाग्छ भने अर्कोतर्फबाट नराम्रो पनि लाग्छ। आफ्नो देशमा रोजगारीको व्यवस्था नहुँदा विदेश जानु ठिक हो र आफ्नो भविष्य निर्माण गर्दै उतै सेटल गराउनु राम्रो कुरा हो जस्तो लाग्छ। अर्कोतर्फबाट हेर्दा नेपालमा भएको शिक्षित व्यक्तिहरु सबै देश छोडी बाहिरिन थालेपछि देशको विकास कसले गर्ने भन्ने पनि हुन्छ। त्यसैले म के भन्न चाहन्छु भने पढाई र पैसाको कारणले विदेशिनु परेपनि उतै सेटल हुन चाहिँ हुँदैन।
अष्ट्रेलियामा रहनुभएका आफन्तलाई केही संदेश दिन चाहनुहुन्छ कि ?
धेरै सम्झना।